नयाँ शक्ति र लोकतान्त्रिक फोरमका नेता संघीय समाजवादी फोरममा गए

हिमाल एफएम,२४ असोज ।
नयाँ शक्ति नेपाल र लोकतान्त्रिक फोरमका प्रदेश नंम्वर २ का संयोजक संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । नयाँ शक्तिका संयोजक डाक्टर सुरेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका संयोजक उमाशंकर अरगरिया सहित संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन् । यी दुवै पार्टीका नेतालाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यालय तीनकुनेमा छुट्टाछुट्टै कार्यक्रममा प्रवेश गराउनुभएको हो । लोकतान्त्रिक फोरमबाट संयोजक अरगरियासहित दुई दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रुकमिणी मण्डल, सोही पार्टीका धनुषा जिल्ला अध्यक्ष नरेश यादव, क्षेत्रीय अध्यक्षद्वय अब्दुलशेख र जयनारायण मण्डल, धनुषा कमलामाई नगरपालिका मेयर पदका उम्मेदवार मनिकलाल मण्डल, जिल्ला नेताहरू सत्रुधन पासवान, प्रमोद अधिकारी लगायतका नेता कार्यकर्ताहरू रहेका छन् । यसैगरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकिशोर यादव र डाक्टर सत्यनारायण सिंह पनि संघीय फोरममा प्रवेश गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु