नयाँ बर्षको संकल्प – सञ्चार खबरदारी मार्फत समाजिक सम्बृद्धि

हरेकका घरघरमा नयाँ पात्रो झुण्डिएसँगै बर्ष २०७६ नयाँ जोस र प्रतिज्ञा गर्दै आगमन भएको छ । बर्ष २०७५का राम्रा कुराको अनुशरण र विकृतिको विस्मरणसँगै नयाँ अठोट र संकल्प नयाँ बर्षका सदावहार विशेषता हुने गर्छन । यो नयाँ बर्ष अरु बर्षको भन्दा अलि पृथक छ । कारण हो, देशको राजनैतिक स्थायीत्व र नागरिक अपेक्षा । नेपाली सञ्चार जगत पनि मुलुकको सम्बृद्धिको लागि कलम चलाउने गहन अभिभाराबाट विमुख हुन सक्दैन ।

हिमाली जिल्ला सोलुखुम्बुबाट विगत एक दशक देखि २४ सै घण्टा नागरिक निगरानी र खबरदारी गरिरहेको हिमाल एफ.एम.ले पनि नयाँ संकल्प प्रस्तुत गरेको छ । हामी समाजको जिम्मेवार पहरेदार भएको नाताले आम नागरिकले हामीमा गर्नु भएको विश्वास र भरोसालाई टुट्न दिनेछैनौँ । आमश्रोता, विज्ञापनदाता र शुभेच्छुकहरुको निरन्तर साथ, भरोसा र दरिलो विश्वासका कारण पनि हामी यो बर्षदेखि आधुनिक, सुविधा सम्पन्न र भुकम्प प्रतिरोधी आफ्नै भवनबाट सञ्चार सेवा प्रवाह गर्नेछौँ । हामी प्राविधिक दृष्टिले पनि थप गुणस्तरीय प्रसारणमा जोड दिनेछौँ । ७५ साल भन्दा धेरै गुणा प्राविधिक पहुँच बृद्धि र विस्तार हुनेछ ।

सूचना प्रविधिको विकास र विस्तारसँगै विदेशी भुमिमा रहेका नेपालीहरुका लागि आफ्नै घु¥यानको रेडियोको आभास दिलाउन कुनै कसर बाँकी राखिने छैन । औपचारिक, कर्मकाण्डि र विज्ञापनिक समाचार विस्थापित हुँदै जानेछन् भने खोजमुलक समाचारले उच्च प्राथमिक्ता पाउनेछन् । हिमाल एफ.एम.लाई आवाजविहीनहरुको आवाज बुलन्द गर्ने असली संवाहक बनाईनेछ ।

मुलुकको सम्बृद्धिको बाधक भ्रष्टाचार र बेथिति नै हुन् । यही तितो सत्य र यथार्थतालाई मनन गरि हाम्रा कलम र आवाज यसैका विरुद्धमा हुनेछन् । राजनैैतिक आडमा हुने सबै खालका भ्रष्ट प्रबृत्तिको उजागर गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ । सुशासन र अमनचयनका लागि सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषणका लागि कसैसँग सम्झौता हुनेछैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु