नयाँ गाडीबारे आलोचनापछि प्रियंकाले भनिन्, ‘खुशी शेयर गर्नु मेरो मुर्खता रहेछ’

priyanka-karki-posing-with-her-car

काठमाडौँ । नायिका प्रियंका कार्की पछिल्लो हप्ता निकै चर्चामा रहिन् । नयाँ कार किनेको तस्विर समाजिक सञ्जालमा पोस्ट गरेपछि उनको प्रशंसा र आलोचना दुवै भयो । सञ्चारमाध्यममा उनले किनेको गाडीका विषय लिएर विभिन्न समाचारहरु समेत बने जसमध्ये केहीले उनीमाथि भूकम्पपीडितहरुका लागि उठाइएको राहत रकम दुरुपयोग गरेर गाडी किनेकोसम्मका आरोप लगाए ।

आफूले सामाजिक सञ्जालमा राखेको तस्विरबारे धेरै नकारात्मक टिप्पणी तथा आरोपहरु आउन थालेपछि नायिका कार्कीले समाजिक सञ्जालमार्फत ती आरोपहरुको खण्डन गरेकी छिन् । उनले भूकम्प जानभन्दा दुई दिन अघि नै गाडी किनिसकेको बताउँदै राहत रकम दुरुपयोग नगरेको स्पष्ट समेत पारेकी छिन् । ‘मेरो गाडीको बिषयमा नानाथरी कुराहरु सुन्दै छु, पडदै छु। एक्दम चित्त दुखेर आयो। भूकम्प जान दुई दिन अगाडि गाडी घर भित्र्याई सकेकी थिए। गडि किनेर घरमा पुजाको तयारी मात्र के गर्दै थियौ, २ दिन भित्रै बिनाशकारी भुकम्प आयो,’ उनले लेखेकी छिन् ।

बेलायतमा भएको कार्यक्रमबाट उठेको राहत रकम दुरुपयोग गरेको भन्ने आरोप खण्डन गर्दै नायिका कार्कीले लेखेकी छिन्, बेलायतमा भएको कार्यक्रमको पैसा बेलायतका आयोजकसँगै छ । त्यहाँ ५ कार्यक्रमबाट ५ लाख उठाउन सफल भएका थियौं । अझ भूकम्पपछि अन्जु पन्त दिदी र शिव परियारजी र मैले पारिश्रमिक पनि लिएनौं ।’

‘के पाँच लाखबाट मेरो गाडी आयो होला ? तपाईंहरु पनि बुद्धि लगाउनुहोस्, त्यत्तिकै अरोप लगाउने ?,’ आक्रोशित हुँदै प्रियंकाले लेखेकी छिन् ।

priyanka Karki

Comments

comments

सम्बन्धित शीर्षकहरु