नयाँ ऐनले अपराध नियन्त्रणमा सघाउ पु¥याउने न्यायधिस सुवेदीको भनाई

भुपेन्द्र पौडेल
सोलुखुम्वु, भाद्र १

जिल्ला अदालत सोलुखुम्वुका न्यायधिश नारायण प्रसाद सुवेदीले आजवाट प्रारम्भ भएको ऐनले अपराध नियन्त्रणमा सघाउ पु¥याउने दाबी गर्नुभएको छ ।

अदालतले आयोजना गरेको ऐन प्रारम्भ विषयक कार्यक्रमलाई सम्वोधन गर्दै न्यायधिश् सुवेदीले शुरुका दिनमा कार्यान्वयनमा केही चुनौति भएपनि यसलाइ सवैको सहयोगमा नागरिक स्तरसम्म पु¥र्याउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरले जन्म कैदको विषयमा ऐन परिमार्जन भई २० वर्षवाट २५ वर्षमा पुगेको जानकारी दिदै एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकमा फौजदारी र देवानी संहितासहितका पाँच वटा कानुन एकसाथ लागू भएकोमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला न्यायधिवक्ता केशव प्रसाद गौतम, प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेल, नेपाल वार एसोशियनका अध्यक्ष एकराज वास्तोला, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष मोहन कुमारी कार्की लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

आजवाट मुलुकी देवानि संहिता ऐन, मुलुकी देवानि कार्यविधि संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ लागु भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु