नन्दकिशोरको नाफाको जीवन

सोलुखुम्बु, कात्तिक १४ गते । २०४३ सालतिर आफ्नै गाँउ रोल्पाको राङ्सीमा शिक्षक बनेर विद्यार्थी पढाउने नन्दकिशोर पुन मगर (पासाङ) २०७२ सालमा आइपुग्दा उनी नेपालको उप-राष्ट्रपति बनेका छन्।

तर शिक्षक र उप-राष्ट्रपति बाहेक अरू धेरै चिजको उपमा उनको जीवनसँग गाँसिएको छ। ती उपमाहरू समयक्रम सँगै थपिएका छन्, खोसिएका छन्,बदलिएका छन्। बटालियन कमिसारबाट बदलिएर उनी बटालियन कमाण्डर बन्न पुगे, बिर्गेड कमान्डर,डिभिजन कमान्डर र डेपुटी कमाण्डर हुँदैतत्कालीन माओवादी जन-सेनाको प्रमुख कमाण्डरसम्म बने।

तर यी बदलिएका उपमा र समयहरू नन्दकिशोरको लागि सहज थिएनन्। शान्तिकालको प्रारम्भपछि प्रमुख कमाण्डरको भूमिकामा अस्थायी शिविरमाबसिरहेका उनी भन्ने गर्थे-हामीहरु नाफाको जिवन बाँचिरहेका छौ।’ जनयुद्धमा उनको टाउकाको मूल्य तोकियो, शान्तिकालमा टाउकोको मुल्य रहेन।सायद उनले यसैलाई नै ‘नाफाको जिन्दगी’ भनेका होलान्। कुनै समय यस्तो पनि थियो-प्रहरी र सैनिकले उनको घर महिनामा १५ पटक खानतलासी गर्थे र वर्षमा २/३ पटक तोडफोड। यो खानतलासी र तोडपोडको कुरा २०५२ सालपछिको होइन, २०४८ साल अघिकै हो।

कम्तिमा २० भन्दा धेरै सरकारवादी झुठा मुद्दाले निकै आजित बनेका उनी लिवाङ पुलिस थानाको हिरासतमा बस्ने,निस्कने गरिरहेका हुन्थे। २०३९सालमा लिवाङमा स्कुल पढ्दै गर्दा अखिलको उप केन्द्रीय सम्मेलनको रोल्पा जिल्ला प्रतिनिधि भएपछि विद्यार्थी भएर पनि कम्युनिष्ट राजनिति गर्ने?भन्दै उनले धेरै हपकिदप्की सहनु पर्यो। २०४१ सालमा थवाङको प्रहरी थानामा ३ दिनसम्म पिटाई खाए। तर जति पिटाई खाएपनि विकट पहाडकोदुःख, गरिबि, अशिक्षा र भोकमरीको समस्यालाई वर्गिय रुपमा नियालीरहेका थिए नन्द किशोरले। उनी स्वंय पनि निकै गरिब परिवार जन्मेका थिए।यस्तो चपेटाको हल क्रान्ति बाहेक अरु हुन सक्दैन भन्ने उनलाई लाग्थ्यो।
timthumb.php
२०४६ सालमा क्याम्पस पढ्न दाङ पुग्दा उनि लक्का जवान देखिन थाले। र उनको युवा दिमाखमा सुरोपना आयो। सुरोपना भनेको भूमिगत हुने हो तरगुफा भित्र लुकी रहने भन्ने मात्र होइन। भूमिगत जीवनमा मौका हेरेर प्रतिकार गर्ने हो, योजना बनाउने हो, बदलाको भावमा काम गर्ने हो। २०४८सालमा नन्दकिशोर भुमिगत भए अनि २०५१ मा आफ्नै गाँउको चप्का मेला हेर्न गएको बेला प्रहरीले उनलाई गोली हान्यो। उनी साथीभाइसँग मौलिकनाच ‘पैसेरु’ नाचिरहेका थिए, ड्याम्म गोली पड्कियो। कसो-कसो गरेर उनि उम्किए, तर उनलाई जोगाउन खोजेका अन्य दुईजना युवा लोकबहादुरघर्ति र मन बहादुर पुनको गोली लागेर मृत्यु भयो।

मृत्युको मुखबाट मुस्किलले बाँचेका उनले अब भने विजय प्राप्त नगरी बाहिर ननिस्कने प्रण गरे। २०५२ सालमा त जनयुद्धको घोषणा भैहाल्यो। त्यहीयुद्धको थालनी गर्दा निर्माण गरेको लडाकु दलको कमाण्डर पनि उनी नै हुन्। गाँउको स्कुलमा शिक्षक बनेर समाजसेवा गरिरहेका नन्दकिशोरलाई परिस्थितिले कमाण्डरको बाटोमा धकेलिदियो अनि हात-हतियार प्रविधिको खोजमा लागे। कालोपाटीमा चकले क, ख, ग, पढाइरहेका उनी थ्री नट थ्रीराइफल, एसएमजी, सकेट बम, ट्वेल्बोर जस्ता हतियार आफैं बनाउन थाले। उतिबेला जनमुक्ति सेनाले प्रयोग गरेको ८१ एमएमको मोटार र त्यसमाप्रयोग गरिने सेलहरु उनकै निर्देशनमा बनेका हुन् ।

कतिपय मानिस हरु भन्छन्-युवा अवस्था मै जंगल पसेको नन्दकिशोर खासै पढे लेखेको छैन। तर यो अनुमान सत्य होइन। खुसीको कुरा के हो भने उनलेत्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन्। युद्धमा शैन्य शिक्षालाई विकास गर्न रामायण र महाभारत धेरै पटक पढेका छन्। शितयुद्धका किताब पढेका छन्। भूगोल र निश्चित स्थानको रेकि गर्नमा माहिर उनले एउटा माटोको ढिस्कोमा म्याग्दी सदरमुकाम बेनीको भूगोल उतारेकाथिए। कुशल सैन्य प्रशिक्षक भएर पनि होला उनि पटक-पटक मृत्युको मुखमा पुगेर समेत बाँचे। तत्कालीन समयमा माओवादी लडाकु र सरकारीफौजबीच भिडन्त हुदाँ प्रत्येक पटक पासाङको मृत्यु भएको दाबी रेडियोमा बाचन हुन्थ्यो।

युद्धमा नन्दकिशोर मुलत; पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाहिने हात जस्तै थिए। प्रचण्डले जे भने पनि आदेश पालना गर्ने, मुखले बोलेरभन्दाब्यवहारबाट पुष्टि गर्ने उनको स्वभावका कारण प्रचण्डले उनलाई आफूपछिको दोश्रो सैन्य कमाण्डरको रुपमा खडा गराएका थिए । इमान्दार, कुनै ठूलाविवादमा नफसेका र धेरै महत्वकाङ्क्षा नबोकेका माओवादी लडाकुका कमै कमाण्डरमध्येका एक नन्दकिशोर जनुद्धमा भएका प्राय सबै ठूला-ठूला युद्धमाप्रत्यक्ष कमाण्डरको भूमिकासहित युद्ध मैदानमा खटेका हुन्। मिलिसियादेखि जनसेनाकोको निर्माण, तिनको विकास र परिचालन तथा कम क्षतिमा ठूलालडाईं सम्पन्न गराउने उनको विशेषता थियो।

२०६९ सालको चैत्र २४ गते राति ११ बजे रोल्पाको गाम गाविसमा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेक आक्रमण उनकै योजना रकमान्डमा भयो। त्यसैगरी २०५८ फागुन ४ गते अछामको मंगलसेन मा पनि आक्रमण गराए। २०६१ चैत्र ७ गते म्याग्दी सदरमुकाम माथिको भिषणआक्रमण पनि उनकै कमाण्डमा भएको थियो। यी सफल युद्धबाट प्रशस्त हात हतियार, गोली गट्ठा र नगद संकलन गरेर युद्धको उचाई अझै विकसित हुँदैगर्दा काठमाडौं नजिकै थानकोटमाथि आक्रमण हुन थालेपछि खासगरी तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरला, एमाले महासचिवमाधवकुमार नेपालको पहलमा दिल्लीमा १२ बुँदे सहमतिको थालनी भयो।

ऐतिहासिक चुन्वाङ बैठकपछि तत्कालीन माओवादीले शान्तिको कार्यनीति र विद्रोहको रणनीति लिएर एक पटक शहर पस्ने निर्णय गर्यो। र त्यसको जगथियो त्यही १२ बुँदे सम्झौता। अहिले शान्ति प्रकृया नै गलत थियो भन्नेहरुलाई त्यही १२ बुँदे सम्झौता मन नपरेको हो। मुलतः चुनवाङ बैठकको सारभनेको शहर पसेर भासिने वा संसदीय व्यवस्थामा जाकिने भन्ने थिएन। बरू शान्ति र संविधानको चक्मा दिएर सडक र सदनमा संघर्ष बढाउने रजनविद्रोह सम्पन्न गर्ने थियो। जस अनुरुप थुप्रै लडाकु र तिनका कैयौं होनाहार कमाण्डरलाई वाइसिएलको रुपमा विकास त गरियो तर योजना असफलहुँदै गएपछि ती सबै तितरबितर बने। यद्यपी प्रचण्ड लडाकुको सर्वोच्च कामण्डरको पद त्यागेर पार्टी अध्यक्ष मात्र बने र नन्दकिशोर लडाकुको सर्वोच्चकमाण्डर।

प्रचण्डले शान्ति, शान्ति र फेरि पनि शान्ति भट्याउन थालेपछि राजनैतिक विचारधारामा गम्भीर मतभेद पैदा हुन पुग्यो। र शान्तिकाल लागेपछि धेरैलडाकु कमान्डरले प्रचण्डको साथ छाडे, अर्का प्रभावशाली कमाण्डर नेत्रविक्रम चन्दले नयाँ पार्टी खोलेर चुनौति नै दिए। कोही सुन तस्करी काममालागे, कोही यार्सागुम्बा र रक्तचन्दन ब्यापार तथा लुटपाटमा लागे तर नन्दकिशोरले प्रचण्डको साथ कहिल्यै छाडेनन्। हुन त प्रचण्डको साथ छाड्नेकतिपय कमान्डरसँग राजनैतिक मत-भिन्नता र सैद्धान्तिक दृष्टिकोणका आधार पनि फरक थिए तर नन्दकिशोर र प्रचण्ड शान्ति सम्झौतालाई जसरी पनि समापन गरेर एक थान संविधान घोषणा गर्न लागिपरेका हुन्। नन्दकिशोरले सेना संमायोजन गर्न हुन्न भनेर कहिल्यै भनेनन्।

प्रचण्ड माओवादीले शान्ति प्रकृयालाई अक्षरशः पालना गरेसँगै सेना समायोजन जस्तो महत्वपूर्ण काम सम्पन्न भयो तर निकै नै कम सङ्ख्याकालडाकुलाई नेपाली सेनामा राखियो। अन्य बाँकी सरकारी राहत बुझेर आ-आफ्नो बाटो लागे। जोड्न खोजेको कुरा के हो भने सेना समायोजन निकैसंवेदनशील विषय थियो,तर नन्दकिशोरले सुझबुझको प्रयोग गरेर हलको बाटोमा रोडम्याप देखाइदिए। अन्यथा शिविर भित्रै रक्तपातको अवस्था बन्नैलागेको थियो जुन कुरा अहिलेसम्म मिडियामा आएको छैन। र सेना समायोजनको काम पूर्ण रुपमा समापन भएपछि उनी पार्टीको राजनितिमा लागेपार्टीको स्थायी समिति सदस्यका रुपमा ।

तर उनको स्वास्थ्यमा अचानक गडबडी उत्पन्न भयो। असजिलो महसुस गरेपछि २०६९ जेठ १७ मा उनी जोरपाटि स्थित नेपाल मेडिकल कलेजमा जाँच गर्न गए । त्यहाँ उनको आइसियुमा राखेर उपचार भयो । अनि डाक्टरको रिपोर्ट आयो-उनका दुबै मृगौला काम गर्न नसक्ने भएका रहेछन्।डाक्टरले विदेश उपचार गर्न जान सल्लाह दिएपनि उनले मानेनन्। नेपाल मै मर्छु तर उपचार गर्नको लागि विदेश जान्नँ भन्ने उनको विचार थियो।अर्को राज्यको ढुकुटी खर्च गरेर व्याक्तिको उपचार गर्न हुँदैन भन्ने उनको मान्यता थियो। बिरामी अवस्थामै दोश्रो संविधान सभाका लागि काठमाडौंक्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिए र तर चुनाव हार्नुपर्यो । अर्को कुरा रोल्पाको मानिस काठमाडौंबाट चुनाव लड्नु सामान्य कुरो पनि थिएन।

उनले चुनाव हारेपनि संविधान निर्माणमा उनको भूमिका सधै प्रसंशनिय नै रह्यो। प्रचण्डलाई अनेक कोणबाट मद्दत दिए, ढाडस दिए। संविधानघोषणापश्चात् घरेलु राजनीति बाह्य शक्ति सन्तुलनको समिकरणमा देखा परेको आकस्मिक फेरबदलको अवस्थामा पनि उनी डगमगाएका थिएनन्। तरएमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने गरी एमाओवादी सरकारमा जाने भएपछि उनी मन्त्री हुने वा नहुने भन्ने बारे धेरै कोकोहोलो भयो।चुनाव हारेकालाई मन्त्री बनाउँदा संवैधानिक संकट देखिने हुँदा उनी उप-राष्ट्रपतिको उम्मेदवार बन्ने कुरा पार्टीले निर्णय गर्यो। तर यो निर्णय कतिपयएमाओवादीकै नेता, एकजना पूर्व सेनापति र अन्तर्राष्ट्रिय शक्तिलाई मन नपरेका कारण बुधबारका लागि निश्चित भएको चुनाव तालिका उप-राष्ट्रपतिका लागि मात्र शनिबार सारिएको सूचना टाँस भयो।

सभामुख ओनसरी घर्तीको हस्ताक्षरमा टाँस गरिएको उक्त सूचनामा प्रस्ट कारण नखुलाईए पनि कतिपयले उनलाई उपराष्ट्रपति हुन नदिनको लागिचलखेल गर्ने समय छुट्टाएको तर्क गर्न थालेका थिए भलै त्यो तर्क गलत साबित भयो। नेकपा एमालेसँगको सरकार गठनको सहकार्यका सन्दर्भमा नेताकार्यकर्ताहरूबीच मत मतान्तर के छन् ती कुरा प्रचण्डका लागि खासै महत्वपूर्ण कुरा त भएनन तर उनले एउटा जनजातिको छोरा जस्ले हिजो युद्धमात्याग, बलिदान र दुःख गर्यो, जोखिम उठायो र केही सकरात्मक परिवर्तनको निम्ति जीवनको अमूल्य समय खर्च गर्यो उसलाई उपराष्ट्रपति बनाएरसम्मान गरेका छन्, मर्यदा राखेका छन् ।

यसरी लामो संघर्षको दौड, अविचलित जीवन गाथा, प्रतिस्पर्धा र नेपालमा भएका ठोस परिवर्तनको मुख्य संवाहकको नाताले आखिरमा नन्दकिशोरउपराष्ट्रपति बनेका छन्। अर्थात् देशकै दोश्रो बरियातक्रममा रहेको एउटा सम्मानित पदमा उनी आसिन भएका छन्। उनलाइ यो पद दिएर नेपाल रनेपाली माथि ठूलो अन्याय भयो जस्तो मलाई लाग्दैन। हुन त एकदिन फल काटेर खान पाइन्छ होला भनेर उनी जीवन मरणको युद्धमा होमिएका हुँदैहोइनन्। आम गरिब, पीडित र शोषित जनताको पक्षमा नै उनले जीवनको मुख्य हिस्सा सुम्पेका हुन्। बरु उहिले उनको शान,मान र प्रतिष्ठा जति थियो,त्यो अहिले नहुन सक्छ। उनकै शब्दमा यो त उनको नाफाको जिन्दगी न हो। सेतोपाटी

Comments

comments

सम्बन्धित शीर्षकहरु