नगरलाई ‘उज्यालो’ बनाउने तयारी

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ २४

सोलुदुधकुण्ड नगरपालिकाले नगरलाई ‘उज्यालो’ बनाउने तयारी थालेको छ । विद्युत बाल्न बाँकी रहेका स्थानमा विस्तार गर्न र लोडसेडिङ मुक्त गराउनका लागि नगरपालिकाले तयारी थालेको हो ।

नगर क्षेत्रमा विद्युत वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत कम्पनी र निर्माणको अन्तिमचरणमा पुगेको अप्पर सोलु लजविद्युतको ट्रान्सर्फमरबाट ११ केभी प्रसारण जोड्ने गरि अवधारणा अघि सारिएको छ । हिउँदमा अपुग विद्युत अप्पर सोलुले उपलब्ध गराउने र बर्खामा सल्लेरी च्याल्साबाट बढि भएको विद्युत अप्पर सोलु हाईड्रो मार्फत राष्ट्रिय प्रसारण लाईने पठाईने गरि छलफल अघि बढेको मेयर नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । यो अवधारणमा अप्पर सोलु हाईड्रो सकारात्मक देखिएको मेयर शेर्पाको भनाई छ ।

नगरपालिकाको अवधारणा कार्यान्वयनमा आए विद्युत बाल्दै आएका क्षेत्रमा लोडसेडिङ मुक्त गर्ने र बाँकी स्थानमा ग्रामिण विद्युतीकरणको काम पनि गर्ने तयारीमा नगर देखिएको छ । अहिले नगरको कुनिखोप, गोराखानी, टाप्टिङ र केरुङको केहि भाग र तिङलामा विद्युतको पहूँच पुगेको छैन् । ति क्षेत्रमा विद्युतको पहूँच पु¥याउनका लागि नेपाल विद्युत प्राधिकरणसंग छलफल शुरु गरिएको मेयर शेर्पाको भनाई छ ।

अप्पर सोललु जलविद्युतबाट उत्पादन हुने २३.५ मेगावाट विद्यतु केनिद्रय प्रसारण लाईनमा जोडेर ग्रामिण विद्युतीकरण गर्ने सवालमा छलफल शुरु भएको हो । आफ्नै कार्यकालमा उज्यालो नगर बनाउने तयारी स्वरुप कामलाई अघि बढाईएको मेयर शेर्पाको भनाई छ ।

चक्रपथको अवधारणा
सोलुदुधकुण्ड नगरपालिकाले ‘चक्रपथ निर्माण’को तयारी थालेको छ । जन्तरधाम–टाप्टिङ–सोल्नासा–गोराखानी वडा कार्यालय हुदै डाँडाखर्क मेराङदिङ–भित्ताखर्क–खोरिया–कुनिखोप–जैदु–तामाखानी–चारघरे–तुम्बुक–जुनबेशी–सोलुङ–टाक्सिन्दुडाँडा–क्याम्जे हुदै रात्नाङगे डाँडा–सिलगुडी–च्याल्सा–घुन्सा–सेकारसिंह–तिङला–पत्ताले सडकलाई नगर चक्रपथको रुपमा विकास गर्ने गरि अवधारणा अघि बढाएको छ ।

गत पुस २८ गतेसम्पन्न नगरसभाले चक्रपथ निर्माणको लागि आवश्यक बजेटको व्यवस्थाका लागि संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र समट्ने चक्रपथ निर्माणले नगरको सम्बृद्धिमा योगदान पुग्ने आशा लिईएको छ ।

जग्गाको खोजी
सोलुदुधकुण्ड नगरपालिकाले प्रशासनिक भवन निर्माणको लागि जग्गाको खोजी गर्ने भएको छ । साविकको सल्लेरी गाविस भवनबाट नागरिक सेवा प्रवाह गरिरहेको नगरपालिकाले वडा नं ५ को सल्लेरी भित्र कम्तीमा पनि ५ रोपनी जग्गाको निशुल्क खोजी गर्ने गरि नगरसभाले निर्णय गरेको छ ।

नगरबासीले उपलब्ध गराउने जग्गा सडक पहूँच पुगेको हुनुपर्ने लगायतको प्रावधान तोकिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु