नआत्तिऔ, आवश्यक सावधानी अपनाऔ : हाँस्य कलाकार गजुरेल

सोलुखुम्बु – नेपाली हाँस्य कलाकार मनोज गजुरेल कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि घरैमा बसिरहेका छन् । आफू सामाजिक व्यक्तित्व भएकाले घरमा बसेर उनले सामाजिक संजालहरुमा कोरोनासंग सम्बन्धित सामाजिक सन्देश प्रवाहमा भूमिका खेलिरहेका छन् । यहि विषयमा रहेर हाँस्य कलाकार गजुरेलसंग लकडाउनको प्रभाव, घरको बसाई र त्यसको सदुपयोगको विषयमा कुराकानी गरेका छौ ।

लकडाउनको यहाँसम्म आइपुग्दा घरभित्रको बसाईको अनुभव कस्तो रह्यो ?
सामान्य नै वितिरहेको छ । आम नेपालीको कस्तो छ, मेरो पनि त्यसै गरी वितिरहेको छ । फरक यति होे, जनताबिचमा जानुपर्ने, भिडभाडमा जानुपर्ने मान्छे, यतिका दिनसम्म घरैमा काम विना बसिरहदा अप्ठ्यारो त छदै छ तर यो अप्ठ्यारोको बावजुत कुनै विकल्प पनि छैन । किनभने यो भन्दा ठूलो खतरा आफू, आफ्नो पारिवार, समाजलाई पनि संक्रमण हुने खतरा भएको हुँदा त्यस्ता सामान्य अप्ठ्यारोहरुलाई स्विकार गरि भोलिको सुन्दर विहानीको पर्खाइमा बसिरहेको छु ।

तपाईको लकडाउन दैनिकी कस्तो बितिरहेको छ ?
धेरै अस्त–व्यस्त तर मस्त पनि छ । पहिला विहान ५ः३० वजे उठेर विहानी नृत्य कर्म सकेर काममा निस्कन्थे, तर अहिले नृत्यकर्म देखी योगा, ध्यान, अध्ययन लगायत सवै कामहरु गरिरहेको छु । साथीभाइहरुसँग भेटघाटको काम लगायत अन्य कामहरुमा निश्चित समय छुट्याएको छैन । त्यो लगायत अन्य कामहरु विहान उठ्ने योगा गर्ने, ध्यान गर्ने, समाचारहरु पढ्ने, किताबहरु पढ्ने, आफन्तहरुसंग भेटघाट, गफ गरि बितिरहेको छ । त्यस्तै, विभिन्न सामाजिक संजालमा विभिन्न समूह बनाएरअन्तरक्रिया गरिरहेको छु । विद्यालयका विद्यार्थीहरुको एउटा समूह, कलेजको विद्यार्थीहरुको अर्को समूह छ । त्यसैगरि कलाकार साथीहरुको अर्को समूह छ, राजनितिज्ञहरुको अर्को समूह छ । यो समयमा छुट्टिएका र विर्सिएका साथीहरुलाई पनि सम्झने र बोल्ने अवसर पाएको छु ।

यो बसाइलाई सृजनासंग कसरी जोड्नुभएकोे छ ?
सृजना भन्दा पनि यो समयमा अहिलेको कोरोना भाइरस, प्राकृतिक प्रकोप, महामारी रोगहरु र मान्छेको जिम्मेवारी यी सवै कुराहरुको साँस्कृतिक, साहित्य सिर्जना भइरहेका छन् । हाँस्यब्यंग्यको अहिले मुडमा पनि छैन र आम जनता यो विपत्तिको समयमा सुन्ने अवस्थामा पनि छैन् । यो समयमा ज्ञानवर्धक कुराहरुको आवश्यकता महसुस गरेर सुचना र सन्देश प्रवाह गर्ने खालको विषयबस्तुहरु निमार्ण भइरहेको छ । त्यसैमा व्यस्त छु ।

अन्त्यमा आम नेपालीलाई तपाईको सुझाव के रहन्छ ?
पहिलो सुझाव त कोरोना नेपालमा फैलिएको छैन र आत्तिनुपर्ने स्थिती पनि छैन तर सचेत हुन आवश्यक छ । दोस्रो कुरा भनेको नेपाल सरकारले गरेको लकडाउनलाई पालना गरौँ, यदि गरेनौ भने अमेरिका, इटाली भन्दा जटिल अवस्था भोग्नुपर्ने हुन्छ । जुन, अकल्पनीय र विश्वमै दर्दनाक हुनेछ । त्यो अवस्था आउनु भन्दा पहिला हामी घरभित्रै बस्नुपर्ने र यदि गाँउघरमा छौ भने दुरी कायम गर्ने, विदेशबाट आएका व्यक्तिहरु छन् भने उनीहरुलाई क्वारेन्टीनमा राख्ने, आइसोलेशनमा राख्न पहल गर्नुपर्छ । अहिले कोरोनाको समस्या भन्दा पनि विभिन्न सामाजिक संजालमा आएका भ्रामक कुराहरुले प्रभाव पारेको छ । ति भ्रामक कुराहरु नसुन्ने, आधिकारिक समाचार मात्र सुन्ने र हेर्ने । जुन, चिजमा आपूmलाई आवश्यक छैन, त्यो चिजमा ध्यान नदिने । भ्रमको पछि लागेर कति मान्छे मरे कति संक्रमित भए भनेर चासो दिन आवश्यक पनि छैन, त्यसको जिम्मेवार पक्ष स्वास्थ्य मन्त्रालय छ, डाक्टर छन् र देश छ । किनभने, एउटा कमजोर मानिसलाई मृत्युको खबरले झन् कमजोर बनाउँछ ।

यो समय कमजोर बनाउने समय होइन । यो समयमा रोग प्रतिरक्षात्मक खानेकुरा खाने, सकारात्मक कुरा सोच्ने, परिवार तथा गाउँमा हिड्दा दुरी कायम गर्ने गर्नु पर्दछ । हामी तन्दरुष्ट भइयो भने कोरोना भाइरसको संक्रमण हुदैन । आफूसंँगै आफ्नो छरछिमेकीमा भ्रामक सन्देश प्रवाह नगर्नु होला । हामी कोरोनाबाट मुक्त हुन्छौ, यो विश्वको संकल्प हो । हामीले यो लकडाउनको समयलाई नयाँ जोस जागरसंग नयाँ मान्छे भएर बाँच्न सक्ने भएर निस्कने प्रण गर्नुपर्छ । किनभने, यो कोरोना पछि हामीमा परिवर्तन आएन भने हामी यो संसारमा समावेश हुन गाह्रो हुन्छ, किनभने यो कोरोनाले एउटा नयाँ युग परिवर्तन गरेर जानेछ । यसपछि रेमिट्यान्स विश्वबाट नआउन सक्छ । अस्ट्रेलिया, अमेरिका लगायतका विकसित देश नहुन सक्छन् । विदेश गएका दाजुभाइहरु स्वदेश फर्कन सक्छन् । त्यसकारण, घर भित्रै बसौँ, कोरोना संक्रमणबाट बचौँ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!