धर्मराजले दिए क्वारेनटाइनका लागि नयाँ घर

सोलुखुम्बु, चैत्र १०

खोटाङ विजयखर्कका इन्जिनियर तथा गायक धर्मराज पोखरेलले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि आफ्नो नयाँ घर क्वारेनटाइनका लागि सरकारलाई हस्तान्तरण गरेका छन् ।


आईतबार भर्खर निर्माण सकेको दुईटा घर विपत्ती न्यूनिकरणका लागि राज्यलाई दिने घोषणा गरेका पोखरेलले सोमबार बुढानिलकण्ड नगरपालिकालाई घरको साँचो हस्तान्तरण गरेका छन् ।


नगरपालिकाको वडा नं ८ सुन्दरबस्तीमा रहेको १२ कोठे घर विपत्ती अवधिभर स्थानीय सरकारलाई प्रयोग गर्नका लागि दिएको पोखरेलले बताए ।

उनले भने, ‘राष्ट्रिय विपत्तीमा सरकारलाई सहयोग गर्नु जिम्मेवार नागरिकको कतव्र्य सम्झेर नयाँ घर क्वारेनटाइनका लागि दिएको हूँ ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!