दोहोरी गीत प्रतियोगीतामा नगरकोट दोहोरी साँझ प्रथम

सोलुखुम्बु । सांस्कृतिक संस्थान, नाचघर जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी दोहोरी गीत प्रतियोगीतामा नगरकोट दोहोरी साँझ प्रथम भएको छ । सो समूहमा राजु केसी र डिला विक रहेका थिए ।

प्रतियोगीतामा द्धितीय स्थान गामबेशी दोहोरी साँझ भएका छन् भने तृतीय दाहोरी गीत प्रतिष्ठान नेपाल रोल्पा शाखाले प्राप्त गरेको छ । बढिगाड समूहले सान्त्वना स्थान हासिल गरेको छ ।

१७ समूहको प्रतिस्प्रर्धावाट शिर्ष ४ स्थान ल्याउन सफल समूहलाई क्रमश एक लाख, ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिएको छ ।

असार २६ देखि २८ गतेसम्म संचालन गरेको प्रतियोगीताको समापन कार्यक्रम प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको अध्यक्षता तथा वरिष्ठ लोक गायक नारायण रायमाझी लगायतका लोक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा सम्पन्न गरिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु