दोहोरी गीत प्रतियोगीताको उपाधि ‘सयपत्री’ दोहोरी साँझलाई

सोलुखुम्बु । भृकृटीमण्डपमा जारी तेस्रो अन्तर दोहोरी साँझ स्तरीय (रनिङ शिल्ड) दोहोरी प्रतियोगीताको उपाधि सयपत्री दोहोरी साँझले जितेको छ ।

16864957_1241978899172307_7841693658270201743_n

फाईनल चरणमा गामबेशी रोधी नाचघरलाई पछि पार्दै एक लाख ५ हजार पुरस्कार राशि रहेको रनिङ शिल्ड सहितको उपाधि हात पारेको हो । प्रथम हुने समूहमा रविन लामिछाने र चीनु घर्ति रहेका थिए ।

प्रतियोगीतामा गामबेशी रोधीले द्धितीय स्थान हातपार्दै ७५ हजार नगद हात पारेको छ । सो समूहमा अर्जुन खड्का र शान्ता ओली रहेका थिए ।
त्यस्तै तृतीय स्थान निरमाया रोधीघर समूह बिले हात पारेको छ । सो समूहमा दिनेश खड्का र कल्पना दाहाल रहेका थिए । सान्त्वना स्थान न्यू दरबार दोहोरी साँझ, ठमेलले ओगटेको छ । सो समूहमा विशाल रायमाझी र हरिमाया रायमाझी रहेका थिए ।

16830953_1566036756757667_3653616157494224836_n

गोधूलि दोहोरी साँझकी नीरु श्रीष र मीना बुढाथोकी र सुन्धारा डाँफे दोहोरी साँझकी अन्जु डिसी उत्कृष्ट गायिका घोषित भएकी छिन् । नाईट फेवा रोधी क्लबकी पवित्रा मगर उत्कृष्ट नवोदित गायिका घोषित भएकी छिन् भने उत्कृष्ट गायकको रुपमा विशाल रायमाझी र सागर विसी घोषित भए ।

प्रतिष्ठानको आफ्नै घर निर्माणको अभियान सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगीतामा अनुशासित गायक राजु केसी, गायिका कुमारी गुरुङ र दोहोरी साँझ अन्तरगत नाईट फेवा रोधी क्लब पुरस्कृत भएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु