दोस्रो निर्वाचनमा पहिलो पाटी बन्छ – माके अध्यक्ष प्रचण्ड

राधा ढुंगाना,
सोलुखुम्बु, जेठ २६

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको दोश्रो निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने जिकिर गर्नुभएको छ । शुक्रबार नेकपा माओबादी केन्द्र सोलुखुम्बुले सोताङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउने भुमिका आफ्नो पार्टीले निर्वाह गरेको भन्दै जनताले मत जाहेर गरेर पहिलो पार्टी बनाउने दाबी गर्नुभएको हो ।

फाईल फोटो

नेपाली राजनितिमा देखिएको ईमान्दारीताको खडेरीलाई आफुले प्रधानमन्त्रि पदबाट राजिनामा दिएर मेटाउने काम गरेको प्रचण्डको भनाई छ । राजनितिमा ईमान्दारीता देखाउने आफु मात्रै नेपालको पहिलो प्रधानमिन्त्र बनेर ईतिहास कायम गरेको प्रचण्डको कथन छ ।

केहि दिन अघि मात्रै काँग्रेस सभापतिलाई सत्ता हस्तान्तरण गर्नुभएका प्रचण्डले सरकारले जनपक्षिय कामहरु धेरै गरेको भन्दै छोटो अवधिमा सम्पादन गरेको दीर्घकालिन प्रभाव पार्ने कामहरुको चर्चा प्रचण्डले गर्नुभएको थियो । हेलिकप्टर मार्फत सोताङ आउनु भएका प्रचण्डले आफ्नो पुरै ध्यान पार्टीको सुदृढिकरणमा केन्द्रित गर्ने धारणा राख्नुभयो ।

शिवटार बजारमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सोताङ गाउँपालिका संयोजक ईन्द्र राई लगायतका दर्जनौ नेता तथा कार्यकर्ता काँग्रेस परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेका छन् । आजै काँग्रेस र एमाले परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको छ ।

पार्टी संयोजक मदन नाछिङिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य शिवबहादुर बस्नेत राजेन्द्र, जिल्ला ईन्चार्ज हेमकुमार राई सुरविर, जिल्ला संयोजक गोम्बु शेर्पा कज्र्याङ, सह–संयोजक ध्रुव शर्मा पराजुलीसँगै सोताङ र महाकुलुङ गाउँपालिकाका उम्मेदवारहरुको उपस्थिति रहेको थियो । यता काँग्रेसका गाउँपालिका संयोजक नै माओबादी केन्द्रमा प्रबेश गरेपछि चुनावको मुखमा काँग्रेसलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । काँग्रेस संयोजक राईले १८ बर्षसम्म निरन्तर संघर्ष गर्दा पनि पार्टीले मुल्यांकन नगरेपछि आफु माओबादीमा प्रबेश गरेको बताउनु भयो । काँग्रेसका दुवै समितिले गाउँपालिका संयोजकमा राईको नाम प्रस्ताव नगरेपछि विद्रोह स्वरुप पार्टी परिवर्तन गरेको विश्लेषण पनि हुन थालेको छ । यस अघि काँग्रेसकै पुर्व ईकाइ सभापति दिपक खड्का पनि काँग्रेस परित्याग गरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लागेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु