दोश्रो बिवाह गर्ने जोडी पक्राउ

दिलीप खत्री
खोटाङ, १७ जेठ ः बहुबिवाह गरेको आरोपमा खोटाङमा एक जोडी पक्राउ परेका छन् । जेठी हुँदाहुँदै दोश्रो बिवाह गरेको आरोपमा बाँझेच्यानडाँडा–२, सेखुवाका २७ वर्षीय रमेश राई र २१ वर्षीय कान्छी श्रीमती अफ्सरा राई पक्राउ परेका हुन् । जेठी श्रीमतीले दिएको उजुरीका आधारमा उनीहरुलाई बिवाह गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक रमेशकुमार देवले बताए । वैदेशिक रोजगारीका सिलसिलामा बिदेश गएपछि सम्पर्क बिहिन बसेका श्रीमानले गाउँ फर्किएर गत जेठ १६ गते धितुङ–९ की अफ्सरासँग दोश्रो बिवाह गरेको भन्दै शुक्रबार जेठी श्रीमतीको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीचौकी दोर्पाचिउरीडाँडाबाट गएको प्रहरीको टोलीले आरोपितलाई विवाह हुँदैगर्दा घरैबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका रमेश र कान्छी श्रीमतीलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । पीडित पक्ष आएपछि छलफल गराउने र मिलापत्र नभए कानुनी प्रक्रिया अघि बढाईने प्रहरी निरिक्षक देवको भनाई छ । उनीहरुको २०६५ मंसिर १४ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!