देउसा–बर्खुघाट ग्रामिण सडकको शिलान्यास

सोलुखुम्बु, चैत्र ३


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा वडा कार्यालय–देउसा मावि–रिन्दापु–चेराखु हुदै बर्खुघाट जोड्ने ग्रामिण सडकको शिलान्यास गरिएको छ । गाउँपालिकाको गौरवको आयोजना अन्तरगत राखिएको सडकको अध्यक्ष असिम राईले सोमबार शिलान्यास गरेपछि ट्रयाक ओपन शुरु गरिएको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पुर्वाधार विकास कार्यक्रमबाट १०–१० लाख रकम विनियोजन भएको सडकमा अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्नेछ भने यसअघि वडा कार्यालयको बजेटबाट करिब ३ किलोमिटर ट्रयाक ओपन गरिसकिएको छ ।

चालु आर्थिक बर्षमा ट्रयाक ओपन सम्पन्न गर्ने लक्ष्य राखिएको सडकको शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले सडकको गुणस्तरमा ध्यान दिन आग्रह गरे । सडक निर्माणमा बजेट अपुग भए स्थानीय सरकारले व्यवस्थापन गर्ने बचत दिए ।

वडाअध्यक्ष रामसर्घष किराँतीले सडक खुलेपछि रिन्दापु, चेराखु लगायतका गाउँका सर्वसाधारणले आफ्ना उत्पादनलाई स्थानीय बजारसम्म ढुवानीमा सहज हुने बताए । सडक निर्माणपछि देउसालीलाई जुबु–लोखिम जानका लागि मुक्ली नै घुम्नुपर्ने बाध्यता हट्ने गाउँकार्यपालिका सदस्य गोपाल घिमिरेले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!