देउसाको रणेममा सुमो दुर्घटना

हिमाल एफ.एम.
सोलुखुम्बु, असार २०

थुलुङ दुधकोशी गाउँपालिका ८ दिप्लीघाटबाट यात्रु लिएर सल्लेरी तर्फ आउदै गरेको एक सुमो जीप रणेममा दुर्घटनामा परेको छ ।

चालक सहित ९ जना यात्रु लिएर गुडेको ना १ ज ४६३२ नंम्बरको जीप रणेम स्थित लुर्फेम पहिरो उकालोमा ढुंगामा पछाडीको भाग ठोक्किएपछि यात्रु झारेर साईड लगाउने तयारी गरिएकोे जीप एक्कासी पछाडी गुड्दा सडकबाट करिब ४ सय मिटर तल झरेको घटनास्थलबाट एक चालक कैलाश लामाले बताए ।

दुधकोशी नदि भन्दा करिब एक सय मिटर माथी क्षतिग्रस्त रुपमा जीप फेला परेको छ । जीपबाट यात्रु झरिसकेपछि दुर्घटना भएकाले मानवीय क्षति नभएको घटनास्थलबाट एक प्रत्यक्षदर्शीले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु