दुर्छिम स्वास्थ्य चौकीमा भिडिओ एक्सरे

सोलुखुम्बु, चैत्र ३


हलेसी तुवाचुङ नगरपालिका खोटाङले दुर्छिम स्वास्थ्य चौकीलाई भिडिओ एक्सरे मेसिन प्रदान गरे संगै गर्भ जाँच गराउनका लागि दिक्तेल र ओखलढुंगा धाउनु पर्ने बाध्यता हटेको छ । एक रिपोर्ट


नगरपालिका भित्रका गर्भवती महिला तथा गर्भमा भएको बच्चाको अवस्था बुझ्नकै लागि दिक्तेल वा ओखलढुंगा धाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकाले स्वास्थ्य चौकी दुर्छिमलाई भिडिओ एक्सरे – अल्ट्रा साउण्ड मेसिन उपलब्ध गराएको हो । उक्त मेसिन नगरपालिकाले ४ लाख ४२ हजार लागतमा खरिद गरेको हो । नगरपालिकाका मेयर इवन राई ।


गर्भजाँच गर्नका लागि नगरपालिकाले तालिम प्राप्त एक जना अनमी राखेको छ । विगतमा स्वास्थ्य चौकीमा मेसिन नहुदा अनुभवका आधारमा गर्भवती महिलाको स्वास्थ्य अवस्थाका विषयमा सल्लाह सुझाव दिने गरिन्थ्यो । तर नगरपालिकाबाट मेसिन प्राप्त भईसकेकाले यि समस्याको समाधान हुने आसा लिईएको छ । दुर्छिम स्वास्थ्य चौकी प्रमुख रामेश्वर प्रताप चौधरी


यस अघि नै ११ वटै वडामा वर्थिङ सेन्टर संचालनमा ल्याईसकेको नगरपालिकाले दुर्छिममा रहनेगरी मेसिन हस्तान्तरण गरेको तर दुर्छिम वाहेक १० वडामा महिनाको एक पटक गर्भजाँचको तालिका बनाईने र वडाको स्वास्थ्य चौकीमा मेसिन राखेर गर्भवती महिला र बच्चाको निःशुल्क स्वास्थ्य अवस्था जाँच गरिने बताईएको छ । गाउँमा आधुनिक पोर्टएबल मेसिन आएपछि महिलाहरु हर्षित भएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!