दुर्घटनामा खुट्टा गुमाएका बराकोटीलाई गायक पंगेनीको सहयोग

सोलुखुम्बु । सर्वप्रिय लोकगायक बद्रि पंगेनीको जिउँने पेशा नै गायन हो । प्रगतिशील गायकको समेत परिचय बनाएका गायक पंगेनी मानवीय संबेदनामा छिट्टै पग्लने गर्छन् । स्टेजमा पुगेर रमाईला र मर्मस्पर्शी गीत गाएर नचाउने र रुवाउने उनको धर्म भएपनि सामाजिक काममा समेत पाईला अघि बढाएका छन् ।

15683302_656376487876208_1529901014_n

पंगेनी शनिबार आफ्नो प्रस्तुतीका लागी धादिङमा जारी महोत्सवमा पुगेका थिए । जहाँ करिब ५ महिना अघि मोटरसाईकल दुर्घटना परेर खुट्टा गुमाएका भरत बराकोटी पनि थिए । बराकोटी बाग्मती अञ्चल स्तरिय लोक दोहोरी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत हुन् । उनी दुईटा वैशाखीको भरमा महोत्सव स्थलमा पुगेका थिए । सायद, बराकोटीको अवस्था देखेर गायक पंगेनीको मन पग्लियो होला र त महोत्सबवाट आफूले पाएको पारिश्रमिकवाट १० हजार झिकेर महोत्सबकै स्टेजवाट बराकोटीलाई सहयोग गरे । पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष हुन् । लोक गीतको श्रीबृद्धिका लागी समेत सक्रिय देखिएका छन् ।

बराकोटीको दुखमा कोमल बनेका पंगेनीले उनको कृतिम खुट्टा राख्नका लागी लोक दोहोरी प्रतिष्ठान नेपालले थप सहयोगको तयारी गरिरहेको जानकारी समेत गराए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु