दुर्गममा विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर

हिमाल एफ.एम,
सोलुखुम्बु, कार्तिक ५

सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु स्थित फुलेलीका सयौँ सर्वसाधारण विशेषज्ञ सहितको स्वास्थ्य शिविरबाट लाभान्वित भएका छन् । द स्मल वल्र्ड (टिएसडब्लु)को आयोजनामा विहिबार देखि शनिबारसम्म संचालन गरिएको निशुल्क विशेषज्ञसहितको स्वास्थ्य शिविरबाट टाक्सिन्दु क्षेत्रका ५ सय ६५ सर्वसाधारणले स्वास्थ्य परीक्षण, उपचार र परामर्श पाएका छन् ।

लामो समय देखि ग्रामिण जनजीवनका लागि काम गर्दै आएको टिएसडब्लुले तिन बर्षदेखि दुर्गममा विशेषज्ञ सहितको स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । सशस्त्र प्रहरीबल अस्पतालका वरिष्ठ डाक्टर रोशन कुमार झाको संयोजकत्वमा सम्पन्न निशुल्क शिविरमा वरिष्ठ दन्त चिकित्सक डाक्टर बाबिन गान्धी र वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर अन्जना गुरुङले स्वास्थ्य सेवा गरेका थिए ।

शिविरमा १२० महिलाले पाठेघरको परिक्षण गराएका छन् । जसमध्ये २ जना महिलाको पाठेघर खसेको अवस्था भेटिएको छ । ८२ जनाले मुटुको परिक्षण गराएकोमा ५ जना बालबालिकामा मुटुको प्वाल परेको अवस्था पहिचान गरिएको छ । अप्रेशन गर्नुपर्ने अवस्थाका बालबालिकालाई टिएसडब्लु संस्थाले नै उपचारको लागि सहयोग गर्ने शिविर संयोजक सोनामडोका शेर्पाले जानकारी दिईन् । जेष्ठ नागरिक, महिला, बालबालिकाले सेवा पाएको शिविरमा दन्त सम्बन्धि सेवा समेत प्रदान गरिएको छ ।

बालबालिकाहरुको दाँतमा फ्लोराइट भर्ने, दाँतभर्ने, उखाल्ने र सफा गर्ने, महिलाहरुको आङ खस्ने रोगको उपचार र मुटुमा जन्माजात प्वाल परेको रोगिहरुको समेत उपचार गरिएको स्वास्थ्य शिविरमा जनरल स्वास्थ्य उपचार समेत प्रदान गरिएको शिविर संयोजक शेर्पाको भनाई छ ।

दुई बर्ष जिल्लाकै बासा क्षेत्रमा विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर संचालन गरेको संस्थाले ग्रामिण भेगका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर फुलेलीमा शिविरको आयोजना गरेको टिएसडब्लुका अध्यक्षकर्मा शेर्पाले बताए । आर्थिक अभावमा बर्षौदेखि पहिचान नभएका रोग पालेर बसेका विपन्न परिवारका सदस्यहरुलाई सहजताका लागि बर्षेनी विशेषज्ञसहितको स्वास्थ्य शिविरको आयोजना गर्दै आएको शेर्पाको भनाई छ ।

विभिन्न कारणले स्वास्थ्य परिक्षण गर्न नसकेका दुगर्म गाउँका सर्वसाधारणहरुलाई ल्यावटेस्ट, ईकोकार्डिलोजिकल मेसिन बोकेर स्वास्थ्यकर्मी फुलेली पुगेका थिए । शिविरमा स्वास्थ्यकर्मीको नेतृत्व गरेका सशस्त्र प्रहरी बल अस्पतालका वरिष्ठ डाक्टर रोशनकुमार झाले सबैभन्दा बढि उच्चरक्तचाप र मधुमेहको रोगी भेटिएको बताए । उनले भने, ‘५ जनाबच्चामाजन्मजात मुटुको समस्या भेटियो । उनीहरुको अप्रेशन नै गर्नुपर्ने अवस्था छ’ । शिविरमा पाठेघर खसेको र पाठेघरको मुखमा घाउ भएका महिलाहरु पनिभेटिएको डा. झाले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!