हिमाल एफ.एम.द्वारा पत्रकार र कर्मचारीको कोरोना विमा

सोलुखुम्बु, वैशाख १५

अग्र भागमा काम गर्ने पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका बेला दुर्गम हिमाली जिल्लामा सञ्चालित हिमाल एफ.एम.ले आफ्ना पत्रकार तथा कर्मचारीको कोरोना विमा गरेको छ ।

स्थलगत रिपोर्टिङ र जन सम्पर्कमा खटि रहनु पर्दा एफ.एम.मा कार्यरत पत्रकार/कर्मचारीमा संक्रमणको जोखिम रहेको भन्दै विमा गरिएको हो । एक बर्षे विमा कार्यक्रममा कुनै पत्रकारलाई कोरोनाको पिसिआर परीक्षणमा पोजिटिभ देखिए विमा बापत प्रति ब्यक्ति एक लाख रुपैँँया भुक्तानी दिईनेछ । आइएमई जनरल ईन्स्योरेन्स कम्पनीमार्फत १६ जना पत्रकारको विमा गरिएको एफ.एम.का अध्यक्ष निमा शेर्पाले बताए ।

पत्रकार कोरोनाको विमापोलिसि ग्रहण गर्दै प्रबन्धनिर्देशक निरौला

अग्रभागमा काम गर्दा कर्मचारी तथा पत्रकारको सुरक्षा र जोखिम बहनको उत्तर दायीत्व संस्थाले बहन गरेको एफ.एम.का प्रबन्धनिर्देशक भानुभक्त निरौलाले बताए । २४ घण्टा प्रसारणमा रहेको एफ.एम.ले जनसम्पर्कको क्षेत्रमा काम गर्ने कर्मचारी र पत्रकाररुको मात्र विमा गरेको हो । विमा बापतको सबै रकम एफ.एम.ले नै भुक्तनी गरको प्रबन्धनिर्देशक निरौलाको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!