पौडी खेल्दा बेपत्ता

निशा श्रेष्ठ,
सोलुखुम्बु, साउन ३०

दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डोटीका एक व्यक्ति बेपत्ता भएका छन् ।

विहबिार बिहान करिब १० बजेको समयमा ओखलढुङगाको खानिभञ्ज्याङ र खोटाङको ज्यामिरे जोड्ने सिलौरीघाटको पुल नजिकैबाट दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिका ७ का अन्दाजी २० बर्षीय चन्द्र बहादुर खड्का बेपत्ता भएका हुन् ।

नमस्ते अल इन्टरनेश्नल जमल काठमाण्डौबाट आर्युबेदिक औषधि बिक्रिका लागि प्रकाश बुढाको नेतृत्वमा एैसेलुखर्क जाँदै गरेको ६ जनाको टोलीमा समाबेश उनी गर्मी छल्न नदीमा पौडी खेल्न पसेका थिए ।

पौडी खेल्ने क्रममा अड्का बेपत्ता बनेका टोलीका सदस्य समेत रहेका प्रत्यक्षदर्शी बिद्या पाण्डेलाई उद्धीत गदै सहकर्मी खेमराज पुरीले जानकारी दिए ।

बेपत्ता उनको ओखलढुङगा र खोटाङबाट खटिएका प्रहरीले खोजीकार्य जारी राखेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु