दुधकोसिको पानी लिफ्टिङ गर्ने काम ४० प्रतिशत सम्पन्न

दिपेन्द्र पराजुली,
सोलुखुम्बु असोज २३

खोटाङको रावाबेसी गाउँपालिका दुधकोसिको पानी लिफ्टिङ गर्ने काम ४० प्रतिशत सम्पन्न भएको छ । गत असार २२ गतेबाट वडा नम्बर ४ डुम्रेधारापानी सुरु भएको लिफ्टिङको काम तीब्र गतिमा भैरहेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो ।

हाल सम्म कोटगडिमा आयोजनाको एक लाख ५० हजार घनमिटर क्षमताको मुख्य ट्याङकी निर्माण भैसकेको छ । यस्तै, दुधकोसी र कोटगढिमा निर्माण गर्नुपर्ने ७० हजार लिटर क्षमताका तीन वटा सप्लाई ट्याङकी निर्माणको काम भैरहेको छ ।

खानेपानी समस्याका कारण वर्षेनि बसाईसराई बढेपछि ३ किलोमिटर तल रहेको दुधकोसीको पानी निकाल्ने आयोजना सुरु गरिएको गाउँपालिका निरौलाको भनाई छ । बसाईसराई रोक्नका लागि प्रदेस सरकारको ९ करोड ११ लाख ६ हजारको लागतमा आयोजनाको काम तीन वर्षभित्र पुरा गर्ने लक्ष्य लिईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु