‘दुधकोशी सामुदायीक अस्पताल’को शिलन्यास

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र २

सोलुखुम्बुको विकट गाउँ थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिमा ५० शैयाको सुविधा सम्पन्न अस्पतालको शिलन्यास गरिएको छ । आगामी दुई बर्ष भित्र बनाईने अस्पतालको शिलन्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।

उपचार अभावकै कारण बर्षेनी दर्जनौ नागरिकले ज्यान गुमाउनु पर्ने विवशताको अन्त्यका लागि भन्दै थुलुङ दुधकोशी गाउँपालिकाले अस्पताल सामुदायीक अस्पताल निर्माण गर्न लागेको हो । विशेषज्ञस्तरीय सेवा दिने उद्देश्यका साथ गाउँपालिकाको केन्द्र्र मुक्लिमा अस्पताल निर्माणको काम अगाडी बढाईएको हो ।

मुक्लिमा निर्माण हुने सामुदायीक अस्पतालको शिलन्यास गर्दै रक्षामन्त्री पोखरेल र मुख्यमन्त्री राई

अस्तापल निर्माणका लागि स्थानीयले २३ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् । अस्पताल निर्माणका लागि आवश्यक २० करोड रकम स्थानीयबाटै संकलनको लक्ष्य राखिएको छ । गाउँपालिकाले अस्पताल स्थापनार्थ रकम संकलनका लागि महायज्ञकै आयोजना गरेको छ । ७ दिन सम्म पण्डित दिनबन्धु पोखरेलको बाचकत्वमा महायज्ञ शुरु गरिएकोे हो ।

हालसम्म अस्पतालका लागि ७ करोेड रकम संकलन भईसकेको गाउँपालिका अध्यक्षअसिम राईले बताए । संकलन भएको रकमको ५० प्रतिशत अक्षय कोषमा राखेर संचालन खर्च जुटाउने तयारी गरिएको छ । अस्पताल स्थापनासँगै सोलुखुम्बुको थुलुङदुधकोशी, नेचासल्यान, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिकाका ६० हजार भन्दा बढि नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

जिल्लामा सुविधा सम्पन्न अस्पताल अभावकै कारण साधारण उपचारको लागि हेलिकप्टर चार्टर गरि काठमाण्डौ लैजानुपर्ने बाध्यता रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु