दुधकोशी पारि भाडामा मनपरी, ओभरलोडले दुर्घटनाको जोखिम

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर १५

सोलुखुम्बुको दुधकोशीपारिको क्षेत्रमा गुड्ने साना सवारीले मनपरि भाडा उठाउदै आएका छन् । थुलुङ दुधकोशी गाउँपालिकाको दिप्लीघाट र सोताङ गाउँपालिकाको घाट स्थित दुधकोशी नदिमा पुल नबनेको मौका छोपी व्यवसायीले करिब २७ किलोमिटर धुले सडकमा ९ सय देखि १२ सयसम्म भाडा असुल्दै आएका छन् ।

अधिकांश समय दुधकोशी नदिको घाट देखि सोताङ सम्मको ५ सय र सोताङ देखि बुङ चोकसम्मको ४ सय भाडा असुल्दै आएका यातायात व्यवसायीले यात्रु नभएको मौकामा प्रतियात्रु एक हजार २ सयसम्म भाडा असुल्ने गरेको यात्रु प्रकाश भट्टराईले गुनासो गरे । उनले भने, ‘सहज बाटो र छोटो दुरीमा पनि चर्को भाडा असुल्दै गर्दा प्रशासन र स्थानीय तह किन चुप छ ?’ निजि सवारीले ओभरलोड यात्रु र सामाग्री बोक्दा समेत प्रशासन मौन बस्नु दुखको कुरा भएको भट्टराईको भनाई छ । चर्को भाडा लिएर पनि सवारीको क्षमता भन्दा बढि यात्रु हाल्नाले सोताङ र माहाकुलुङ गाउँपालिकाका सर्वसाधारणहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

दुधकोशी पारिको धुलेसडकमा क्षमता भन्दा बढि यात्रु र सामान लोड गर्दै साना सवारी ।

सोताङ शिवटारमा ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय रहेपनि चासो नदिएको सर्वसाधारणले गुनासो गरेका छन् । गाउँपालिकामा जनप्रतिनिध रहेपनि उनीहरुले समेत भाडाको विषयमा व्यवसायीसंग छलफलको कोशिस समेत नगरेको सर्वसाधारणले आरोप लगाएका छन् ।

भाडाकै विषयमा आफ्नो ध्यानाकर्षण भएको ईलाका प्रशासन कार्यालयले जनाएको छ । प्रमुख विनोद गौतकले यातायात व्यवसायीले चर्को भाडा असुल्दै आएको गुनासो आएकाले जनप्रतिनिधिसंग समन्वय गरि छिट्टै भाडादर कायम गरिने बताए । ‘दुरीको हिसाबमा भाडा महंगो छ ।’ उनले भने, ‘दुवै गाउँपालिकाका जनप्रतिनिधि र व्यवसायीसंग छलफल गरि न्यायोचित भाडादर निर्धारण गर्न म प्रतिबद्ध छु ।’ हेलमेट विना सरकारी मोटरसाईकल कुट्ने गरेकाले जिल्ला प्रशासनसंग समन्वय गरि कारबाहीको प्रक्रिया अघि बढाउने प्रमुख गौतमले बताए ।

दुधकोशी पारि ३ वटा साना सवारी चल्दै आएका छन् । यातायात व्यवसायीले उक्त सडकमा एकोहोरो यात्रामा ९ हजार रकम यात्रुवाट उठाउनै पर्ने अडान सहित सवारी चलाईरहेका छन् । माहाकुलुङ गाउँपालिका अध्यक्ष सागर किँरातीले प्रशासनसंग समन्वय गरि भाडा निर्धारणको विषयमा व्यवसायीसंग छलफल गर्ने बताउनुभयो । ‘दुधकोशीमा बेलिब्रिज हाल्ने र होमपाईपको माध्यमवाट अस्थायी सिधा सवारी संचालनको तयारीले भाडा निर्धारण तर्फ ध्यान जान सकेन ।’ उनले भने, ‘छिट्टै भाडा घटाउनेछौ ।’ यस अघि व्यवसायीसंगको सामान्य छलफलवाट भाडादर कायम गरिएपनि कार्यान्वयनमा आउन नसकेको अध्यक्ष किँरातीको भनाई छ ।

दुधकोशी नदिमा पुल नबन्दा जोखिम मोलेर नदि तर्दै रित्तो ट्याक्टर

अघिल्लो बर्ष मंसिरको पहिलो सातावाट दुधकोशीमा होमपाईप विच्छ्याई सिधा यातायात संचालन गरेको स्थानीय तह यो पटक भने असफल बनेको छ । गत बर्षका होमपाईप दुधकोशीमा विच्छ्याईए पनि पानीको सतह ठूलो भएकै कारण सिधा सवारी संचालनमा समस्या भएको छ । अहिले खाद्यान्न र निर्माण सामाग्री बोकेका ट्याक्टर आधा ट्रली डुबाएर तार्दै आईएको छ । सामाग्री नदि तार्दा दुर्घटनाको जोखिमसंगै सामाग्री पानीले भिज्ने समस्या खेप्नुपरेको व्यवसायीहरुले बताउने गरेका छन् ।

आधा दर्जन होमपाईप नदिमा विच्छ्याउन सके साना सवारी समेत वारपार गर्न सकिने भएपनि सोताङ गाउँपालिकाले चासो देखाएको छैन् । पानीको सतह घट्ने र पुरानै होमपाईपले काम चलाउने पखाईमा गाउँपालिका देखिएको छ । उद्यपी, संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा चालु बर्ष देखि बेलिब्रिजको काम हुने बताईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!