दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’ राख्ने सहमति

शिखर गजरकोटे
सोलुखुम्बु, १६ पौष

३ दिन लामो कार्यपालिकाको वैठकले सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’ लाई यथावत राख्नेअडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिका स्रोतले जनाएको छ ।

खालिङ शब्द नामांकरणमा गैर खालिङ समुदाय नमानेपछि विकल्पको रुपमा खालिङ शब्द ‘माप्य’ मा सहमति जुटेको हो । गैर खालिङ जनप्रतिनिधिले सहमति जनाएको विषयमा गैर खालिङ समुदायका अन्य व्यक्तिहरुले भने विरोध जनाएका छन् । नामको विषयमा विरोध भएपछि पुनः गाउँपालिका प्रमुख बुद्धिकिरण राई र असन्तुष्ट पक्षबीच छलफल भएको थियो । छलफलमा प्रमुख राईले नाम स्विकृतिको समयमा ‘दुधकोशी माप्य’ गाउँपालिकामा आफू लचक रहेको र पहल गर्ने बचन दिएपछि अहिलेका लागि विवाद साम्य भएको छ ।

साथै, गाउँपालिकाको केन्द्र वडा नं ३ क्षेत्रमा राख्ने सहमति गरिएको छ । अहिले बासाको दाम्कुमा अस्थायी कार्यालय स्थापना गरि सेवा प्रवाह गरिरहेको गाउँपालिकाले ५० रोपनी जग्गा उपलब्ध हुने, सडकको नजिक, भँैतिक पुर्वाधार भएको स्थानमा केन्द्र राखिने गरि निर्णय गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु