दुधकोशी गाउँपालिकाको नामांकन र केन्द्रको विषय सुल्झाउन कार्यपालिकाको वैठक जारी

शिखर गजरकोटे
सोलुखुम्बु, १४ पौष

सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नामांकन र केन्द्रको विषय सुल्झाउन गाउँकार्यपालिकाको वैठक शुरु भएको छ ।

विहिबार साँझ विना निष्कर्ष टुङिगएको वैठक नामांकन र केन्द्रको विवाद समाधानका लागि आज विहान फेरि बसेको छ । जारी वैठकमा सहमतिमै नाम र केन्द्रको विषयमा अघि बढ्ने कोशिसलाई जारी राखिएको छ ।

खालिङ समुदायको जनघनत्व र उद्गम स्थल भएकाले पनि गाउँपालिकाको नाम खालिङ दुधकोशी हुनुपर्ने माग राखिएको छ भने गैरखालिङहरुले १० जातिलाई पाखा लगाएर एक जाति विशेषलाई प्राथमिकता दिन नमिल्ने र साझा नामको रुपमा दुधकोशीलाई नै यथावत राख्नुपर्ने माग राख्दै आएका छन् ।

गाउँपालिकामा राई (खालिङ) वाहेक ब्रामण, क्षेत्री, नेवार, तामाङ, मगर, शेर्पा, दलितसमुदाय गरि ११ जातिको बसोबास रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु