दुधकोशीद्धारा सोलुखुम्बुको कागेलमा ३ बर्षे कार्ययोजना तयार

बिक्रम श्रेष्ठ । पौष १६–
दुधकोशी नदीबाट प्रत्यक्ष प्रभाबित हुने सोलुखुम्बुका गाबिसहरु मध्य कागेल गाबिसको एकिकृत श्रोत ब्यबस्थापनका लागि दुधकोशी उपबेशीन आयोजनाले ३ बर्षे कार्ययोजना तयार पारेको छ । बृक्षारोपण, भुक्षय नियन्त्रण, उर्जा प्रबद्धन, बाताबरणिय अनुकुलता, सामाजिक समता, आर्थिक दक्षता लगायतका बारेमा योजनाहरु तयार पारेको दुधकोशी उपबेशिन आयोजनाले जनाएको छ । आज जिल्लाको सदरमुकाम सल्लेरीमा एक कार्यक्रमको आयोजना गर्दै ३ बर्षे योजनामा २ करोड १९ लाख ३८ हजार ७ सय ३५ रुपैयाँ बजेट कार्यक्रम तयार पारेको जनाएको हो । गाबिसको बर्तमान, पहिलेको अबस्था र भबिष्यमा जलबायु परिबर्तनबाट स्थानिय बासिन्दाहरुमा हुन सक्ने प्रभाबलाई मध्यनजर गर्दै उक्त प्रभाबहरु संग जुध्न सहयोग पुर्याउने अनुकुलनको अबसरहरु सम्मीलित ३ बर्षे अनुकुलन योजना तर्जुमा गरिएको छ । जस अन्तर्गत पहिलो बर्षमा ८२ लाख ३२ हजार, दोस्रो बर्षमा ७४ लाख, ४२ हजार ५ सय र तेस्रो बर्षमा ६२ लाख ६४ हजार २ सय ३५ रुपैयाँ खर्च गर्ने कार्ययोजना रहेको दुधकोश उपबेशीन आयोजनाका फिल्ड अफिसर राई बहादुर राईले जानकारी दिनुभएको छ ।
जस अन्तर्गत कृषी तथा खाद्य सुरक्षा, जलश्रोत, जलबायु परिबर्तनबाट हुन सक्ने प्रकोप, बन तथा जैबिक बिबिधता, भौतिक पुर्बाधार, जन स्वास्थ्य, योजना अनुगमन, मुल्याङकन र समिक्षा जस्ता कार्यक्रमहरु रहेका छन् । उक्त कागेल गाबिसको अनुकलन योजना प्रस्तुतिकरणमा स्थानिय बिकास अधिकारी महेश पराजुली लगायत राजनितिक दलका प्रतिनिधिहरु, संबन्धीत कार्यलयका कर्मचारी तथा पत्रकारहरुको उपस्थीति रहेको थियो । आयोजनाले जिल्लाको कागेल, मुक्ली तथा नेले गाबिसमा एकिकृत श्रोत ब्यबस्थापन संबन्धी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु