दुई पटक म्याद थप्दा पनि स्वास्थ्य कार्यालयको भवन अलपत्र

सोलुखुम्बु, पुस ७

निर्माण कम्पनीको लापरबाहीका कारण स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण कार्य अलपत्र परेको छ । निर्माणको जिम्मा पाएको निलगिरी निर्माण सेवा प्रा.लि.ले करिब ८० प्रतिशत काम गरेर बाँकी काम अघि नबढाउदा भवन अलपत्र बनेको हो ।

२०७१ साल माघ २० गते दुई करोड ३४ लाख ६७ हजार ४६८ रुपैयाँमा भवन निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले दुई पटक म्याद थप गरेर पनि काम सम्पन्न गरेको छैन् । फाप्लुमा निर्माणाधिन भवनको काम सम्पन्न गर्न २०७३ माघ १९ र २०७५ असार ३२ गते दुई पटक म्याद थप गरेपनि निर्माणको काम अघि बढाईएको छैन् ।

१६ वटा कोठा र ३ वटा हलसहितको पक्कि भवनको छाना, झ्याल, ढोका र फिनिसिङको काम बाँकी राखेर निर्माण कम्पनी सम्पर्कविहिन बनेको छ । कम्पनीका संचालक यूवराज डाँगीले फोन उठाउदैनन् भने उठाईहाले बाँकी काम फत्ते गर्ने भरपर्दो कुरा गर्दैनन् । पटक पटक ताकेता गरेपनि कामले पुर्णता पाउन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द राजवंशीले गुनासो गरे ।

२०७३ माघ १० गते प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा बसेको निर्माण कम्पनी र सरोकारवाला पक्षको वैठकमा २०७४ जेठ मसान्तसम्म भवन निर्माणको काम सम्पन्न गर्ने सहमति गरिएपनि हालसम्म भवन निर्माणले पुर्णता पाएको छैन् । सो वैठकमा निर्धारित मितिमा काम सम्पन्न नभए स्वास्थ्य कार्यालयले लिदै आएको घरको भाडा निर्माण कम्पनीले तिरदिने समेत सहमति गरिएको थियो ।

प्रशासन कार्यालयमा भएको वैठकको निर्णय अनुसार काम नभएपछि स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले २०७६ साउन १५ गते आवश्यक पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको छ । सो पत्रको वोधार्थ प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुंगालाई पनि पठाईएको छ तर कुनैपनि निकायबाट सार्थक पहल हुन सकेको छैन् ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी लगायतको एक टोलीले अलपत्र भवनको अनुगमन समेत गरेको कार्यालय स्रोतले बताएको छ । नयाँ भवनबाट सेवा आरम्भको आशामा रहेको स्वास्थ्य कार्यालयले बर्षेनी पौने ६ लाख भाडा तिर्दै आएको छ ।

निलगिरी निर्माण सेवा प्रा.लि.ले ठेक्का पाएपछि ओखलढुंगाका योगेन्द्र राजभण्डारीलाई कामको जिम्मा दिएको र राजभण्डारीले पेटी ठेकेदारको रुपमा फाप्लुका बुद्ध मगरलाई दिएको स्रोतले बताएको छ । स्थानीय ठेकेदार मगरले निर्माण कम्पनीबाट लाखौ रकम लिन भएकाले बाँकी काम सम्पन्न गर्न नसक्ने बताएका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले निर्माण कम्पनीलाई पटक पटक ताकेता भईरहेको बताएको छ । ईन्जिनियर भुपाल मगरले कम्पनी संचालकलाई पटक पटक भेटेर बाँकी काम सम्पन्न गर्न दबाब दिईरहेको बताए । उनले भने ‘फकाएर माने सम्झौता तोड्ने काम किन गर्नु भन्ने हो । २० प्रतिशत काम सम्पन्न गराउन कम्पनीलाई दबाब दिईरहेका छौ ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!