दुई किलो गाँजा सहित एक व्यक्ति पक्राउ

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस १५

सोलुखुम्बुको तिङलाबाट एक व्यक्ति दुई किलो ७ सय ग्राम गाँजा सहित पक्राउ परेका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका ३४ बर्षिय प्रेमराज राईले लुकि छिपी लागु औषधको कारोबार गर्दै आएको सुराकीको आधारमा सोमबार राति ११ बजे राईलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई लागु औषध मुद्धा दर्ता गरि १० दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु