दीपिकाको सफलतामा करिनाको डाहा

बलिउडमा नायिकाहरु अर्काको सफलतामा डाहा गर्छन् । बाहिर हेर्दा नायिकाहरु बिच सम्बन्ध सुमधुर जस्तो देखितापनि भित्री रुपमा भने सोचेजस्तो हुन्न ।

यतिबेला बलिउडमा नायिका करिना कपुर र दीपिका पादुकोणविच शितयुद्ध चलिरहेको छ । दीपिकाले सफलताको बाटो हिड्दै गर्दा नायिका करिना कपुर भने आफ्नो नम्बर १ पद खोसिन लागेकोमा हैरान छिन् ।

करिनाको हातबाट दीपिकाले ‘चेन्नई एक्सप्रेस’, ‘रामलिला’ र ‘बाजिराओ मस्तानी’ जस्ता सिनेमा छिनिसकेकी छिन् । करिनाले हेलचक्राई गर्दा दीपिकाको हातमा मेगा प्रोजेक्टहरु परेका हुन् । यसैले पनि यतिबेला करिना मधुर भण्डारकरको नयाँ चलचित्र आफ्नो हातमा पार्ने दाउमा छिन् ।

दुई नायिका विचको शितयुद्धले बलिउड बजार गर्माएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु