दिप्लीघाटमा बेलिब्रिज बन्ने पक्का

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस ८

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमाना भएर बग्ने दुधकोशी नदिको दिप्लीघाटमा बेलिब्रिज बन्ने पक्का भएको छ ।

प्रदेश नं १ को भौतिक पुर्वाधार विकास मन्त्रालयले गरेको मागको आधारमा पुस ५ गतेको मन्त्रिस्तरिय वैठकवाट जयरामघाट स्थित सुनकोशी नदिमा राखिएको मौज्दात बेलिब्रिज दिप्लीघाटको लागि हस्तान्तरण गरिने निर्णय गरिएको हो । संघीय मन्त्रालयले मौज्दात बेलिब्रिज हस्तान्तरणका लागि सडक विभागलाई पत्राचार गरेको छ ।

प्रदेश सांसद उत्तम बस्नेतले दुई महिना भित्र बेलिब्रिजवाट यातायात संचालनमा ल्याउने तयारी रहेको बताउनुभयो । बेलिब्रिज बन्ने समाचारले खुसि भएका दुधकोशी पारिका नागरिकले दिगोपनामा भने चिन्ता व्यक्त गरेका छन् ।

बेलिब्रिजको अभावमा दिप्लीघाटमा हिउँदमा ह्यूमपाईप विच्छ्याएर सवारी तार्दै आईएको छ भने बर्खामा दुधकोशी पारिसंग यातायात सम्पर्क टुट्दै आएको छ । माहाकुलुङ गाउँपालिका ३ छेस्कामदेखि सिधा यातायात चल्न थालेपनि दिप्लीघाटमा पुल नहुदा बर्खामा सवारी परिर्वतन र चर्को भाडादरले यात्रुहरु मारमा पर्दै आएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!