दिप्रुङ चुईचुम्मा : विदेशबाट आएका व्यक्तिाई १४ दिन क्वारेनटाइनमा राखिने

सोलुखुम्बु, चैत्र १५


खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विदेशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेनटाइनमा राखिने भएको छ ।

शनिबार कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि गाउँपालिका स्तरीय समन्वय समितिको बैठकले क्वारेन्टाइनलाई थप व्यवस्थापन गर्दै लैजाने निर्णय गरेको छ ।

समिति संयोजक तथा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको अध्यक्षतामा बसेको वैठकले गाउँपालिकाको लागी आवश्यक नियमित निशुल्क औषधीहरु खरिद गरि उपलब्ध गराउने तथा कोरोना भाइरस विरुद्ध चालिने कदमको लागी अति आवश्यक औषधी तथा उपकरणहरुको व्यवस्थापन गर्ने र लकडाउन अवधिमा गाउँपालिका भित्रको नागरिकहरुमा अत्यावश्यक खाद्य सामाग्री अभाव हुन नदिने निर्णय गरिएको सहकर्मी सुनिता राईल जानकारी दिइन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!