दिप्रुङमा हेल्थडेस्कमा खटिने स्वास्थ्य कर्मी र सुरक्षाकर्मीलाई दैनिक भत्ता

खोटाङ, चैत्र १०

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हेल्थडेस्कमा खटाइएका कर्मचारीलाई दैनिक भत्ता दिने निर्णय गरेको छ ।

कोरोनाको संक्रमण फैलिन नदिनका लागि विभिन्न नाकामा स्थापना गरिएको हेल्थडेस्कमा खटाइएका कर्मचारी र सुरक्षाकर्मीलाई गाउँपालिकाले दैनिक जनही पाँच सय भत्ता दिने निर्णय गरेको हो ।


हरेक हेल्थ डेस्कमा खटाइने दुई स्वास्थ्यकर्मी र एक जना प्रहरीलाई खाना खान र बस्ने व्यवस्था स्वरुप दैनिक भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।


कोरोनाको संक्रमण फैलिन नदिनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रमाईलोमा हेल्थडेस्क स्थापना भइसकेको सहकर्मी दिलिप खत्रीले वताए ।


गाउँपालिका भित्रिने नाकाकारुपमा रहेको बतासेकै रेग्मीटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको रातामाटा पुछार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको बोर्मीमा पनि केही दिनभित्रै दुई/दुई स्वास्थ्यकर्मी र प्रहरी सहितको हेल्थडेस्क स्थापना गरिने गाउँपालिका अध्यक्ष राईले वताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!