दिप्रुङमा दलितसँग सहकारी कार्यक्रम

दिलीप खत्री,
खोटाङ, चैत्र ३

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा दलित मात्र सहभागी वचत तथा ऋण सहकारी स्थापना गरिएको छ ।

पिछडिएका दलित समुदायमा बचत गर्ने र सो बचतलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्ने बानीको विकासका लागि अघि बढाइएको ‘एक वडा एक दलित सहकारी’ अभियान अन्तरगत छोरम्बुमा दलित वचत तथा ऋण सहकारी स्थापना गरिएको हो । गाउँपालिकाले ५० हजार बीउ पूँजी उपलव्ध गराएपछि स्थापना गरिएको सहकारी सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गर्नुभएको हो ।


सहकारी सञ्चालन सम्वन्धी अभिमुखीकरण, सञ्चालक समिति गठन, नाम जुराउने, विद्यान तयार गर्ने, सहकारी दर्ता, शेयर संकलन लगायतका काममा गाउँपालिकाले नै सहयोग गरेपछि दलित समुदायले सहकारी स्थापनामा जुटेका हुन् । ७ वडा रहेको गाउँपालिकाका अन्य वडामा पनि क्रमशः दलित सहकारी स्थापनाको काम भइरहेको गाउँपालिकाले जनाएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा पनि दलित सहकारी स्थापनाको काम अन्तिम चरणमा पुगेको अध्यक्ष राईले बताउनुभयो ।


गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी स्थापनाका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा बीउ पुँजी स्वरुप ५ लाख रकम विनियोजन गरेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!