दिप्रुङका सबै वडामा वर्थिङ सेन्टरको स्थापना

हिमाल एफ.एम,
सोलुखुम्बु, कात्तिक ५

खोटाङको दिप्रुङचुईचुम्मा गाउँपालिकाको ६ वटै वडामा सुरक्षित मातृत्वका लागि वर्थिङ सेन्टर स्थापना गरिएको छ । वडा नं ४ बतासेमा मंगलबार वर्थिङ सेन्टरको उद्घाटन गरिएसंगै हरेक वडामा वर्थिङ सेन्टर स्थापनाको काम पुरा भएको हो ।

यसअघि याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी, छितापोखरी र टेम्मामा वर्थिङ सेन्टर स्थापना गरेर सेवा प्रवाह शुरु गरिसकिएको छ । हिमाल एफ.एम.संग कुराकानी गर्दै दिप्रुङचुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले वर्थिङ सेवा प्रभावकारी संचालनका लागि दक्ष जनशक्ति र आवश्यक औजारको कमी हुन नदिने बताउनुभयो । निर्वाचनका समयमा गरेको सुरक्षित मातृत्वको प्रतिबद्धता पुरा भएको भन्दै प्रसुतीका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको अध्यक्ष राईको भनाई छ ।

गाउँपालिकाले स्वास्थ्य संस्थामै पुगेर जन्माएका र गर्भवस्थामा समयमा नियमित गर्भ परिक्षण गराएका परिवारका दुईजना सन्तानलाई मासिक एक हजारको दरले प्रोत्साहन रकम प्रदान गर्दै आएको छ भने सुरक्षित मातृत्वकालागि स्वास्थ्य संस्थामै पुगेर प्रसुती गराउन प्रोत्साहन गर्नका लागि महिला स्वास्थ्य स्वयम्सेविकालाई समेत मासिक ७ सय भक्ताको व्यवस्था मिलाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!