दिक्तेलमा पनि सलह

सोलुखुम्बु, असार १४


खोटाङमा पनि सलह किरा प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा कृषकले लगाएको बालीमा सलह भेटिएको कृषि ज्ञान केन्द्र खोटाङका बालि संरक्षण अधिकृत रामनन्दन यादवले बताए । उनले भने, ‘दिक्तेलमा सलह भेटियो, निरन्तर पानी परिरहेकाले किराको हुल भेटिएको छैन् तर फाट्टफुट्ट भेटिएको छ ।’


नगरपालिकाकी उपमेयर विणादेवी राईका अनुसार कृषकले सलहको शंका मानेर पक्रेर ल्याएको किरालाई कृषि शाखाको सहजीकरणमा किट विज्ञान महाशाखा पठाइएको थियो । महाशाखाले सलह नै भएको पुष्टि गरेको छ ।


दिक्तेलमा कृषकले लगाएको बालीमा सलह किरा पहिचान भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, कृषि ज्ञान केन्द्र लगायतका सरोकारवालाहरुको वैठक बसेको छ । वैठकले किरा नियन्त्रणका लागि आवश्यक सावधानी र उपचार विधिका बारेमा कृषकहरुलाई जानकारी गराउने गरि प्रसारप्रचारको काम अघि बढाइएको नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।


शनिबार सर्लाही, बारा र पर्सामा भेटिएको सलह किरा सिन्धुली र रुपन्देहीको बुटवलमा पनि भेटिएको छ । बालीनालीमा पुर्ण क्षति पु¥याउने भएकाले कृषकहरुमा चिन्ता थपिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!