दाता सम्मेलनमा ५५ दातृराष्ट्र र निकायका २ सय ८० प्रतिनिधि सहभागी

हिमाल एफ एम । असार ९- भूकम्पछिको पुनःर्निमाणका लागि दाताहरुलाई सहयोग आह्वान गर्ने उद्देश्यले विहीबार काठमाडौंमा दाताहरुको सम्मेलन हुँदैछ । दाताहरुको सम्मेलनमा सहभागी हुन छिमेकीमुलुक भारत र चीनसहित ५५ देशका २ सय ८० जना प्रतिनिधि काठमाडौं आइसकेका छन् । सम्मेलनमा भारत, चीन र नर्वेबाट विदेशमन्त्रीहरु सहभागी हुँदै छन् ।

भारत, चीनसहित सम्मेलनमा ७ देशबाट मन्त्रिस्तरीय सहभागिता हँुदैछ । भुटानबाट अर्थमन्त्री र जापानबाट विदेश राज्यमन्त्री सम्मेलनमा सहभागी हुँदै छन् । यस्तै, दातृ निकायमा विश्व बैंकका उपाध्यक्ष, एसियाली विकास बैंकका अध्यक्ष, जाइकाका अध्यक्ष, संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं डीफिडबाट निर्देशकले सहभागिता जनाउने अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले जानकारी दिए । सम्मेलनमा सहभागिताका लागि नेपाल सरकारले ७० ओटा दातृ मुलुक एवं निकायलाई निमन्त्रणा गरेको थियो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् । उद्घाटन सत्रपछि ‘विजनेस’ र ‘टेक्निकल सेसन’ हुने छन् । विजनेस सेसनमा हुने ‘प्लेनरी सेसन’मा दाताबाट सहयोगको घोषणा हुनेछ । सम्मेलनस्थल सोल्टी होटलमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ भने सम्मेलनको सम्पूर्ण तयारी सकिएको सरकारले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!