दातालाई स्वागत

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २१

सोलुखुम्बुको बुङमा एक दाता संस्थालाई स्वागत गरिएको छ । गाउँपालिकाको ‘एक घर एक धारा’ अभियानमा हातेमालो गर्ने नेपाल हिल्पे कुलुङ ‘अष्ट्रिया’लाई महाकुलुङ गाउँपालिकाले स्वागत गरेको हो । संस्थाका रोलेण्ड मात्ले सहित १० अष्ट्रिया नागरिक र दुई जर्मन नागरिकलाई शुक्रबार गाउँपालिका अध्यक्ष सागर किराँतीले फूलमाला लगाएर स्वागत गर्नुभएको हो ।

नेपाल हिल्पे कुलुङ ‘अष्ट्रिया’ले स्थानीय संस्था बुङ जनकल्याण केन्द्र मार्फत विविध कार्यक्रम संचालन गर्दै आएको छ । गाउँपालिकाले थालेको ‘एक घर एक धारा’ अभियानमा संस्थाले एक करोड ५० लाख रकम लगानीको वातावरण तयार पारेको र गाउँपाकिाले चालु आर्थिक बर्षमा ३५ लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष किराँतीले बताए ।

अहिले ५ हजार भन्दा बढि जनसंख्यालाई सुरक्षित पानी पिलाउने द्येयले दोजोङबु पातल खानेपानी परियोजनाको काम भईरहको छ । खानेपानीको चरम समस्या झेल्दै आएका बुङका स्थानीयलाई सुरक्षित पिउनेपानी पिलाउने कार्यमा नेपाल हिल्पे कुलुङ ‘अष्ट्रिया’ले हातेमालो गरेको हो । निर्माणाधिन खानेपानीको परियोजना सम्पन्न भएपछि साविकको बुङ गाविसका वडा नं १ देखि ६ सम्मका स्थानीयको घरघरमा धारा पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले १२ हजार ५ सयको हाराहारीमा रहेको जनसंख्याको पहूँचमा शुद्ध खानेपानी पु¥याउने द्येयले ‘एक घर एक धारा’को अभियान शुरु गरेको अध्यक्ष किराँतीले बताए । उनले भने, ‘गाउँपालिका भरका स्थानीयको घरमा धारा पु¥याउनका लागि खानेपानी मन्त्रालय र विभागमा समेत सहयोग माग गरिएको छ ।’

नेपाल हिल्पे कुलुङ ‘अष्ट्रिया’ले भुवाखोला लघुजलविद्युत आयोजनाका लागि १४ लाख, सगरमागा माध्यमिक विद्यालयका लागि २२ लाख र एक घर एक शौचालय निर्माणका लागि यसअघि नै ४७ लाख खर्च गरिसकेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!