दसैँका लागि भारतबाट खसी बोकाको आयात बढ्यो

हिमाल एफ.एम असोज १४ । दसैँ नजिकिँदै गर्दा नेपालगन्ज नाका भएर भारतबाट भित्रिने खसी बोकाको संख्या बढेको छ ।
नेपालगन्ज नाकामा रहेको क्षेत्रीय पशु क्वारेन्टाइनका अनुसार असोज १२ गतेसम्म भारतबाट करिब आठ हजार ५ सय खसी बोका भित्रिएका छन् ।
भारतबाट २५ किलोदेखि बढि तौल भएका खसी बोका आयात हुने गरेको पशु चिकित्सक डा. संजय मिजारले जानकारी दिनुभयो । दसैँ आउनु अघि हप्ताको चारदिन खसी बोका आयात हुने गरेकोमा दसँैको समयमा दिनहुँ जसो ट्रककाट्रक खसी बोका नेपालगन्ज भित्रने गरेका छन् ।
भारतीय र नेपाली व्यवसायीको समन्वयमा भारतको लखनउ, बहराइच, नानपारालगायतका स्थानबाट खसी बोका ल्याउने गरिएको छ । क्वारेन्टाइनमा खसी बोकाको स्वास्थ्य परीक्षणपछि निरोगी मात्र भित्रिने गरेका छन् ।
भारतबाट भित्रिएका मध्ये करिब ९५ प्रतिशत खसी बोका राजधानी ल्याउने गरिएको छ । पशु क्वारेन्टाइनको तथ्यांक अनुसार गएको साउनमा सात हजार र भदौमा १० हजार भन्दा धेरै खसी बोका भारतबाट भित्रिएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु