दलित किशोरलाई कुटपिट गर्नेलाई पक्राउको माग गर्दै ध्यानाकर्षण

सोलुखुम्बु, असार १४


सोलुखुम्बुका दलित समुदायका अगुवाहरुले निर्माणाधिन घरको ढोका छोएको निहूँमा एक दलित किशोरलाई कुटपिट गर्ने मगर दाजुभाइलाई यथासिघ्र पक्राउ गर्न माग गरेका छन् । गत जेठ ३१ गते सोलुदुधकुण्ड नगरपालिका ९ सिसाखोलाका १६ बर्षिय दिपक विश्वकर्मालाई ढोका छोएको निहूँमा कुटपिट गर्ने तारा थापा मगर र श्याम थापामगरलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण बुझाइएको छ ।


जातीय भेदभाव विरुद्धको कसुरमा असार ७ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएर पक्राउ पुर्जी जारी भएपनि पक्राउ नगरिएको भन्दै प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएको दलित अगुवा तेजराम परियारले बताए । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यदि घटनालाई सामान्य रुपमा लिएर दोषीलाई उन्मुक्ति दिने कोशिस भएमा जिल्लाका सिंगो दलित समुदाय शसक्त आन्दोलन गर्न बाध्य हुनेछौ ।’


ध्यानाकर्षण बुझाउन दलित समुदायबाट निर्वाचित जनप्रतिनिधि, पत्रकार र अन्य अगुवाहरुको उपस्थिती रहेको थियो । ध्यानाकर्षण पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी रमा आचार्यले आफू जातीय विभेद विरुद्धकै अभियानमा रहेको बताइन् । यर्थाथ बुझेर पक्राउमा सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई थियो ।


प्रहरी नायव उपरिक्षक टेकुनन्द इवा लिम्बुले किटानी जाहेरीको आधारमा आरोपितलाई पक्राउ गर्न प्रतिबद्ध रहेको बताए । मगर दाजुभाइलाई पक्राउ गर्न निर्देशन दिएपनि गाउँमा नरहेकाले सर्च अभियान शुरु गरेको लिम्बुको भनाई छ । उनले भने, ‘तपाइहरुको चिन्ता स्वभाविक छ । हाम्रो टिम लागि प¥याछ । अपराधीलाई संरक्षण गर्ने पक्षमा प्रहरी प्रशासन छ्रैन् ।’ प्रहरीको काममा शंका नगर्न समेत प्रहरी नायव उपरिक्षक लिम्बुले आग्रह समेत गरे ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!