दक्षिण कोरियाबाट सोलुकी तिर्सनालाई तीन लाख चौसठ्ठी हजार प्राप्त ।

tirsana-1111हिमाल एफ एम सोलुखुम्बु, – तिर्सना बचाऔँ अभियानको लागि दक्षिण कोरियाबाट तीन लाख चौसठ्ठी हजार दुई सय तीस रुपैया सहयोग प्राप्त भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा रहेका नेपाली कामदारहरुले तिर्सना बचाऔँ अभियानका उपसमिति गठन गरी सहयोग रकम संकलन गरेका हुन् ।
छेस्काम ७, सोलुखुम्बु निबासी २७ बर्षिय तिर्सना किराँतीलाई बोनम्यारो सम्बन्धि द्ययियम ऋबलअभच) रोग लागेको हो । उनकोे उपचारमा करिव छ्यालीस लाख रुपैयाँ लाग्ने भारतको ब्क्ष्ःक् अस्पतालले जनाएको छ । सो रकम सामान्य आम नेपालीको खर्च पहुच भन्दा बढी रहेकोले सहयोग संकलनको शुरुवात गरिएको तिर्सना बचाआँै अभियान मूल समितिका सस्ंथापक संयोजक जोक राज कुलुङले जानकारी दिए । मूल समितिले स्वदेश तथा विभिन्न देशहरुमा उपसमिति गठन गरी सहयोग रकम संकलन गरिरहको छ । त्यस्तै व्यक्ति तथ सामाजिक संस्थाहरुले पनि यस अभियानमा साथ दिईरहेका छन् । दक्षिण कोरियामा भने केदार कुलुङको विशेष संयोजनमा सो रकम संकलन गरिएको हो ।

तिर्सनाको उपचार भारतको एईम्स अस्पतालमा भईरहेको छ । पहिलो चरणको किमो चढाईसकिएको तिर्सनाको पछिल्लो अवस्था सामान्य रहेको भएपनि सक्दो चाडो अप्रेशन गरिहाल्नुपर्ने डाक्टरहरुको सल्लाह रहेको छ । मूल समितिकै नाममो खोलिएको बैङक खातामा कोरियाबाट आएको रकम सहित पौन १३,००,०००।—(तेह्र लाख रुपैया) भईसकेको अर्थपरिचालिका अनिता ताम्बुछाले जानकारी दिएका छन् । समितिले अझै पनि खर्च अपुन भएकोले सहयोगिदाताहरु संग सहयोग अपिल गरिरहेको छ ।
त्यस्तै सोलुखुम्बुको विशेष पर्यटकिय क्षेत्र लुक्ला, नाम्चे क्षेत्रमा भने घरदैलो कार्यक्रमनै सञ्चालन शुरु गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु