दक्षिणामा ‘१० रुपैयाँ’

सोलुखुम्बु, असोज २०

यो बर्षको दशैँको टिका असोज २१ गते परेको छ । दशैँमा नयाँ नोट संगै दक्षिणाको निकै महत्व हुन्छ । बालबच्चालाई बढि महत्व लाग्ने दक्षिणा ठूलावडाको सोचमा पनि ठोकिन्छ । धेरै दक्षिणा जस्को घरमा पाईन्छ, धेरैले त्यस्तै घर ताकेको पाउछौ । हामीमध्ये थोरै हौला की दक्षिणा भन्दा आशिर्वादलाई महत्व दिने । टिका ग्रहणको समयमा आर्शिवाद कमै सुन्छन् । धेरैको ध्यान दक्षिणा राखिएको थाली या खाममा जाने गर्दछ ।

दक्षिणामूखि बन्दै गएको दशैँलाई सांस्कारिक बनाउनका लागि पत्रकार भानुभक्त निरौलाले दक्षिणामा १० रुपैयाँको अवधारणा ल्याएका छन् । हिमाल एफ. एम.का प्रबन्ध निर्देशक तथा रिर्पोटर क्लबका १ नं प्रदेश संयोजक समेत रहेका निरौलाले यो अवधारणा अघिल्लो बर्षको दशैँबाट नै लागु गरेका हुन् । के टाढाबाट आएको, के नजिक, के बालबालिका त, के ठूलाबडा या ज्वाँईचेला, जो टिका ग्रहणका लागि आउछन्, उनीहरुले आर्शिबाद महंगो पाएपनि दक्षिणा भने समान रुपमा १० रुपैयाँ नै पाउनेछन् ।

पत्रकार निरौला भन्छन्, दशैँ पर्वको नाममा खर्चिलो बन्दै गएको छ । ‘चाडपर्व खर्चिलो भन्दा पनि मितव्ययी ढंगले मनाउनु ठिक होला भन्ने लाग्यो, अघिल्लो बर्ष देखि आँफैबाट शुरु गरे’ । उनले भने, ‘पर्व मनाउने क्रममा संस्कार जोगाउनेतर्फ उन्मुख हुनुपर्छ न की, तडकभडक होईन’ । संस्कृति जर्गेनामा सबैको हातेमालो आवश्यक रहेको उनले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु