थेक्छेन पेमा छालिङ गुम्बामा आयू अभिषेक पुजा, रिन्पोछेले दिए सात हजार बढिलाई दर्शनभेट

शिखर जंग श्रेष्ठ
सोलुखुम्बु, मंसिर १८

सोलुदुधकुण्ड नगरपालिका ५ स्थित थेक्छेन पेमा छोलिङ गुम्बामा आयू अभिषेक पुजा सम्पन्न गरिएको छ । तिब्बतका तेस्रो अवतारी लामा केब्जे दुद्ज्योम रिन्पोछेको उपस्थितीमा आयू अभिषेक पुजा गरिएको हो ।

जिल्लाका विभिन्न गुम्बाका चार सय बढि लामाहरु सहित सामूहीक आयू अभिषेक पुजा गरिएको गुम्बाका सदस्य सचिब आङदामी शेर्पाले बताए ।
.
पुजापछि हिमालय बौद्ध संघ काठमाण्डौ र गुम्बाको आयोजना माङयूङ माधर्मका प्रमुख लामा मानिएका रिन्पोछेले दिर्घायूका लागि अगम (लुङ) पाठपुजा गरेका हुन् ।

पुजापछि सात हजार बढि बौद्ध धर्मालम्बीहरुलाई ओङ (आर्शिबाद) दिएका छन् । ओङ ग्रहणका लागि जिल्लाको लिखुपिके, खुम्बुपासाङल्हमू, सोलुदुधकुण्ड, ओखलढुंगा, खोटाङ र काठमाण्डौ बाट बौद्ध धर्मालम्बीहरु सल्लेरी आईपुगेका थिए । रिन्पोछे गतआईतबार सोलुखुम्बु आएका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु