कोरोना त्रास हटाउन थुलुङ दुधकोसीको अभियान

विश्वभर फैलिरहेको कोरोना भाईरसको जोखिम न्यूनिकरणका लागि सोलुखुम्बुको थुलुङ दुधकोसी गाँउपालिकाले सचेतनामुलक अभियान सुरु गरेको छ । भाईरसको संक्रमण जोखिमले सन्त्रास फैलिरहेको यो अवस्थामा पालिकाले सामुदायिक विद्यालयहरुमा चेतनामूलक अभियान थालेको हो । एक रिपोर्ट


आईतबार मुक्लीस्थित विरेन्द्रदोय माध्यमिक विद्यालयबाट सुरु गरिएको सचेतना मुलक अभियान पालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयहरुमा संचालन गरिनेछ । कोरोना भाईरस के हो ? यसका लक्षण कस्ता हुन्छन् ? एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ ? संक्रमण हुनबाट कसरी बच्ने ? यि यावत कुरा अभियानका क्रममा सिकाईनेछ । थुलुङ दुधकोसी गाँउपालिका स्वास्थ्य शाखा संयोजक उद्धव ढुंगाना


नेपालमा हालसम्म कोरोना भाईरस पोजेटिभ नदेखिएको भए पनि जनसमुदायमा भने मनोवैज्ञानिक त्रास फैलिरहेका कारण त्यस त्रासलाई कम गर्नुका आवश्यक सावधानीका लागि यो कार्यक्रम अघि सारेको गाँउपालिका अध्यक्ष असिम राई बताउनुहुन्छ ।


सोमबार सचेतनामुलक अभियान अन्तरगत ९ नम्बर वडा लोखिमको जनता माविमा कार्यक्रम संचालन गरिएको छ । सो अवसरमा कोरोना भाईरसका बारेमा महत्वपूर्ण जानकारी दिनुका साथै प्राथमिक उपचारका लागि उपयोगी सामाग्री सहितको बक्स समेत प्रदान गरिएको छ । नियमित सरसफाईमा ध्यान दिन सके कोरोना भाईरसको संक्रमणबाट बच्न सकिन्छ । त्यस कारण “उचित सरसफाईमा ध्यान दिउ हल्लाको पछि नलागौ” ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!