थुलुङ दुधकोशी सार्वजनिक सुनुवाई गर्ने जिल्लाकै पहिलो गाउँपालिका

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर २३

कतिपय स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नदिएका बेला सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाको आयोजना तथा सगरमाथा सर्तकता समाजद्धारा संचालित सुशासन प्रर्वद्धन परियोजनाको सहजीकरणमा मुक्लिमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा पहिलो चौमासिकको प्रगती विवरण सार्वजनिक गरिएको छ ।

चौमासिक प्रगती
चालु तर्फ ६ करोड ९४ लाख ७७ हजार ९५६ रुपैया खर्च गरेको गाउँपालिकाले विकास निर्माण तर्फ २ करोड एक लाख २६ हजार २९७ रुपैया खर्च गरेको छ । गाउँपालिकालाई प्राप्त १३ करोड ३ लाख ९९ हजार ६४४ रुपैयामध्ये ८ करोड ९६ लाख ४ हजार २५३ रुपैया खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए । ‘प्रतिशतमा हेर्दा चाुल तर्फको खर्च ५३.२८ प्रतिशत र पुजीँगत तर्फको १५.४४ प्रतिशत हो ।’ उनले भने, ‘चालुबर्षमा १९१ वटा योजनामा रकम विनियोजन गरिएको छ । यी योजनामध्ये १९ वटा योजनाको सम्झौता भएको छ भने ७ वटा योजनाको फरफारक गरिसकिएको छ ।’ बर्षा र बारीमा खाद्यान्न बाली भित्राउन बाँकी रहेकाले सडकको ट्रयाक ओपनको काम शुरु गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

थुलुङ दुधकोशी गाउँपालिकाले मुक्लिमा गरेको सार्वजनिक सुनुवाई
फोटो–शिखर

नागरिकको प्रश्न ?
सार्वजनिक सुनुवाईमा जुबुकी वडासदस्य देउमाया पुरीले बाहविवाहको प्रश्न उठाए । उनले सोधिन््, गाउँपालिका क्षेत्रमा बालविवाहको घटना बाक्लिलदै गएको छ, गायँपालिकाले कस्तो योजना ल्याउछ त ? यो प्रश्नमा जवाफ दिदै गाउँपालिका अध्यक्ष राईले बालविवाहसम्बन्धि नाटक निर्माण गरि ठाउँठाउँमा प्रदर्शन गर्दै आएको र बाविवाह न्यूनिकरणमा थप कार्यक्रम पनि बनाउने बताए ।
देउसाका चतुरमान राईले सोधे, ‘गरिबी निवारण कोष मार्फत गठित सामुदायीक विकास समिति कार्यक्रम फेजआउट भएसंगै समिति र लगानी अलपत्र बनेको छ । गाउँपालिकाले कसरी व्यवस्थापन गर्छ ? यो प्रश्नको जवाफ दिदै अध्यक्ष राईले साविस मिलेर गठन गरिएको सहकारीलाई गाउँपालिकामा दर्ता गर्न सुझाव दिए । उनले गाउँपालिकाको सहकारी ऐन मार्फत व्यवस्थित गरिने बताए ।

नमूना गाउँपालिकाको आधार तयार
जनतालाई सधैँ खुसि बनाउने गाउँपालिकाको अवधारण रहेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले दाबी गरे । पहिचान र सामर्थको आधारमा नामांकन र उपयुक्त स्थानमा केन्द्र निर्धारण गर्नु, निर्माणाधिन २३ कोठे प्रिफाईभ भवन, आवश्यक ऐन, नियम र कार्यविधि निर्माण गरि राजपत्रमा प्रकाशित हुनु, विकास निर्माणको व्यवस्थापनका लागि विकासको डिपिआर निर्माण, हरेक वडालाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने फास्ट ट्रयाकको अवधारणा कार्यान्वयनमा ल्याउनुले पनि नमूना गाउँपालिकाको आधार भएको अध्यक्ष राईले दाबी गरे । उनले भने, ‘समुन्नत गाउँपालिकाको लागि सुचना र प्रविधिको क्षेत्रमा फड्को मारेका छौ । नियमित वेवसाईट अपडेट, मोबाईल एप्स लन्च र हरेक वडामा ईन्टरनेटको पहूँचमा पु¥याएका छौ ।’ उनले माईक्रो तथ्यांक संकलन गर्ने कार्य निकट भविष्य शुरु गर्नेभएकाले प्राप्त तथ्यांकको आधारमा जनमूखि कार्यक्रम तर्जुमा गर्ने बताए ।

‘सुविधासम्पन्न अस्पताल निर्माणको लागि महायज्ञ गर्ने तयारी गरिएको छ । आगामी चैत्र २३ देखि ३० गतेसम्म महायज्ञ गरि करोडौ रकम संकलन गर्ने लक्ष्य लिएका छौ । त्यसको लागि १७ वटा मूलुकमा उपसमिति गठन गरेका छौ । जुनसुकै देशवाट रकम पठाएपनि सजिलै गाउँपालिकाको खातामा जम्मा गर्ने गरि राष्ट्रबैँकसंग सम्झौता गरिसकेका छौ ।’ उनले भने, ‘चार सय रोपनी जग्गामा एकिकृत नमूना बस्ति निर्माणको कामका लागि दोस्रो चरणको सर्वे हुदैछ । थ्रिडी बनाएर व्यवस्थित वस्ति बनाउनेछौ ।’ जालिमपोखरी, सुकेपोखरी, काँगेलको पोखरीको प्रर्वद्धन र व्यवस्थापनका लागि विज्ञहरुलाई खटाएको अध्यक्ष राईको भनाई छ ।

स्थानीय स्रोत साधन प्रयोग गरि रोजगारी सृजना गर्नका लागि यूवा स्वरोजगार कार्यक्रम अन्तरगत ४० लाख बजेट विनियोजन गरिएको छ । दलित, अपांग, महिला, जेष्ठ नागरिक लगायतका क्षेत्रमा पनि संवेदनशील भएर काम गरिरहेको अध्यक्ष राईको दाबी छ । आमा र नवजात शिशुको सुरक्षाका लागि आकर्षक योजना कार्यान्वयन गरिरहेको र सफल बन्दै गएकाले नमूना गाउँपालिकाको आधार तयार बनेको उनले बताए ।

शिक्षा क्षेत्रको व्यवस्थापनका लागि ई–हाजिरी र स्कुल नर्स कार्यक्रम संचालन हुनु र प्रभाव सकारात्मक देखिएकाले पनि हामी नमूना गाउँपालिकाको अभियानमा अग्रपंक्तिमा रहेको अध्यक्ष राईले दाबी गरे ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!