थुलुङ दुधकोशी गाउँपालिकामा लक्ष्मी बैँकको उद्घाटन

भानुभक्त निरौला
सोलुखुम्बु, भदौ ८

सोलुखुम्बु जिल्लाकै पहिलो गाउँपालिकाको रुपमा थुलुङ दुधकोशी गाउँपालिकामा विहिबार लक्ष्मि बैंकको शाखा कार्यालय उद्घाटन गरिएको छ ।

गाउँपालिकाको वित्तीय कारोबारका लागि एक महिना अगाडी मुक्लिमा स्थापना भएको बैंकको औपचारिक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरे । बैंक उद्घाटन गर्दै अध्यक्ष राईले जनतालाई सहज रुपमा आर्थिक कारोबार गर्ने बातावरण सुनिश्चित गर्न आफु सफल भएको बताए । दुर्गममा बैंक स्थापना गर्नु आफैँमा चुनौति भएको भन्दै अध्यक्ष राईले बैंकको शाखा स्थापनामा आफुलाई धेरै संघर्ष पश्चात मात्र सफलता मिलेको बताए ।

उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष असिम राई
फोटो/भानुभक्त

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राईले गाउँघरमै बैंक खुलेपछि जनतालाई राहात महशुस भएको भन्दै विभिन्न क्षेत्रमा लगानी बढाउन पनि बैंकलाई आग्रह गरिन् । शाखा प्रबन्धक प्रयास अधिकारीले बैंकमा ईन्टरनेट र आन्तरिक नेटवर्किङको जडान सम्पन्न भईसकेकाले सुगम ठाउँबाट दिनै सबै सुविधा मुक्लि शाखाबाट दिन सकिने बताए । उद्यपी, सुरक्षा चुनौति कायमै रहेको प्रबन्धक अधिकारीको भनाई छ ।

सबै जनप्रतिनिधि उपस्थित कार्यक्रममा सहभागि नागरिकहरुले भने आँगनमै बैंक प्राप्त भएको भन्दै खुशियाली ब्यक्त गरेका छन् । बैंक स्थापनासँगै पालिका भरिका सरकारी तथा गैह्र सरकारी कार्यालय एवं विद्यालय तथा ब्यक्तिहरुले समेत खाता खोल्न थालेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु