थुलुङ दुधकोशीमा गाउँप्रहरी छनौट

हिमाल एफ.एम,
सोलुखुूम्बु, कार्तिक १९

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ५ जना गाउँप्रहरी छनौट गरेको छ । एक वरिष्ठ गाउँप्रहरी र ४ जना गाउँप्रहरी जवानका लागि माग गरिएकोमा परेका आवेदकबाट लिखित, मौखिक र शारिरीक तन्दुरुस्ती परिक्षणको आधारमा गाउँप्रहरीको छनौट गरिएको हो ।

वरिष्ठ गाउँ प्रहरीका लागि दुई जनाको आवेदन परेको थियो भने गाउँप्रहरी जवानका लागि १७जनाको आवेदन परेको थियो । तीमध्येबाट नेलेका निर कुमार कार्की वरिष्ठ गाउँप्रहरीमा छनौट भएका छन् भने नेलेकै रविन खड्काको नाम वैकल्पिकको सूचीमा प्रकाशन गरिएको छ । गाउँपालिकाले सोमबार प्रकाशन गरेको नतिजामा काँगेलका असिम बस्नेत, पन्चनका नईन्द्र राई, नेलेका रिना विश्वकर्मा र तिङलाकी अम्रिता राई गाउँप्रहरी जवानमा छनौट भएका छन् । वैकल्पिकको सूचीमा मुक्लिका सागर राई र दिपक श्रेष्ठको नाम प्रकाशन गरिएको छ ।

छनौट भएका गाउँ प्रहरीलाई ३ दिन भित्र करार सम्झौताका लागि गाउँपालिकामा सम्झौताका लागि डाकिएको छ । गाउँपालिकाको विकासमा सहजीकरणका लागि गाउँप्रहरीको अवधारणा अघि बढाएको गाउँपालिकाले सामाजिक चेतनाप्रवाह र स्थानीय सरकारले निर्माण गरेको कानुन कार्यान्वयनका लागि परिचालन गर्ने गाउँपालिकाले जनाएको छ ।

यसअघि सोलुदुधकुण्ड नगरपालिकाले ११ जनानगरप्रहरी छनौट गरि परिचालन गरिसकेको छ । गाउँप्रहरी भर्ना गर्ने जिल्लाका अन्यगाउँपालिकाको हकमा थुलुङ दुधकोशी पहिलो बनेको छ भने जिल्लाका ८ स्थानीय तहमा दोस्रो बनेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु