थुलुङ दुधकोशीको ५ ‘क’

भुपेन्द्र पौडेल,
सोलुखुम्वु, कार्तिक १७

सोलुखुम्वुको थुलुङदुधकोशी गाउँपालिकाले आधुनिक कृषि प्रणालीमा ५ ‘क’ लाई प्राथमिकतामा राख्ने भएको छ । गाउँपालिकाको निर्णयमा ५ ‘क’ अन्र्तगत किवि, कफि, केरा, कागती र करेला (स्कुस)लाई परिभाषित गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई देउसा र केन्द्रका जनप्रतिनिधि सहितको वैठकले गाउँपालिकाको ३ पन्चन बाहेक सबै वडालाई किवि जोन घोषणा गरि काम गर्ने निर्णय गरेको गाउपालिकाका प्रवक्ता फुर्तिमान तामाङले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं १ नेले र वडा नं २ काँगेलमा अदुवा वेसार खेतिलाई निरन्तरता दिईने र खेतिका लागि परियोजनाले आवश्यक सहयोग गर्ने सहमति भएको छ ।

त्यस्तै गाउपालिकाले वडा नं २ काँगेलका दुवै मृगौला फेल भएका पिडित २० वर्षिय नविन भट्टराईलाई १० हजार आर्थिक सहयोग गरेको छ । सहयोग रकम गाउपालिका अध्यक्ष असिम राईले पिडितका वुवा ओम प्रकाश भट्टराई लाई हस्तान्तरण गर्नुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!