थुलुङ दुधकोशीको जनमैत्री निर्णय : अति विपन्न परिवारलाई खाद्यान्न वितरण

सोलुखुम्बु, चैत्र १३


कोरोना भाइरस संक्रमणको जोखिम रोकथामका लागि सरकारले लक डाउन गरेपछि दैनिक ज्यालामा मजदुरी गर्ने परिवारका लागि राहतको प्याकेज ल्याउनुपर्ने आवाज उठिरहेको बेला सोलुखुम्बुको थुलुङदुधकोसी गाउँपालिकाले ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई दैनिक उपभोग्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ ।

विहिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको अति विपन्न परिवारलाई वडाको सिफारिसमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँकार्यपालिका सदस्यको एक महिनाको सेवा सुृविधाबाट राहत स्वरुप प्रति परिवार एक बोरा चामल, ५ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन वितरण गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत अविलाल राईले जानकारी दिए ।


‘सरकारले अभिभावकत्व ग्रहण गर्ने भनेको यस्तै बेलामा हो । अतिविपन्न र दैनिक ज्यालामा मजदुरी गर्ने परिवारका लागि राहतको प्याकेज ल्याएका हौ ।

आजै कमाएर आजै छाक टार्नुपर्ने परिवारका ागि जनताको नजिकको सरकारले सहयोग गर्नुपर्छ भन्ने लागेर निर्णय गरेका छौ ।’ गाउँपालिका अध्यक्ष असिम राईले भने, ‘प्रक्रियाको कुरा गर्दा अतिविपन्न परिवारले वडामा राहतका लागि निवेदन दिनेछ ।

सो निवेदन एक वडा सदस्यको नेतृत्वमा बन्ने तिन सदस्सीय समितिले ज्यालादारी, विपन्न परिवार यकिन गर्नेछ र वडाअध्यक्षले राहतका लागि सिफारिस गर्नेछ । सोही वडाबाटै तोकिएको राहत उपलब्ध गराउछौ ।’ लागेको खर्च कार्यपालिका सदस्यहरुको एक महिनाको सुविधाबाट भुक्तानी गर्ने र अपुग भए अन्य स्रोतको खोजी गरिने अध्यक्ष राईको भनाई छ ।


यसैबीच, गाउँपालिका उपाध्यक्ष सविता राई संयोजकत्वको बजार अनुगमन समितिले बजार अनुमगनलाई तीव्रता दिएको छ । लक डाउनको समयमा बजारमा कोलोबजारी बढ्ने भएकाले अनुगमनको कामलाई तिब्रता दिईएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु