थुलुङदुधकोसि गाउँपालिकामा पनि प्लाष्टिक तथा सिसाजन्य बस्तु प्रयोगमा प्रतिबन्ध लगाईने

दिपेन्द्र पराजुली
सोलुखुम्बु, असोज ३

सोलुखुम्बुको थुलुङदुधकोसि गाउँपालिकाले पनि प्लाष्टिक तथा सिसा जन्य बस्तु प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । आगामी मंसिर देखि प्लाष्टिक तथा सिसाका बोतल प्रयोगमा प्रतिबन्ध लगाउने गरि तयारी थालिएको प्रमुखप्रसाकिय अधिकृत अविलाल राईले जानकारी दिनुभयो ।

यसअघि सोलुदुधकुण्ड नगरपालिकाले सिसाजन्य तथा प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाउन शुरु गरेको भने नेचासल्यान गाउँपालिका र महाकुलुङ गाउँपालिकाले प्रतिबन्धको तयारी थालेको छ ।

प्रदुषण बढ्दै गएकाले बातावरण सफा, हराभरा र स्वच्छ बनाउने गाउँपालिकाको उदेश्य रहेकाले प्रतिबन्ध लगाउन तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत राईको भनाई छ । गत असारमा बसेको गाउँसभाले सिसा तथा प्लाष्टिक जन्य बस्तु प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

वडा वडामा हिमालयन भिजन फाउण्डेसनसँगको सहकार्यमा चेतनामुलक कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ । प्लास्टिकका झोला प्रतिबन्धपछि स्थानीय स्तरमा उत्पादन गर्न सकिने कपडाका झोला प्रयोग गरीने र बोतलको सट्टामा क्यानका बोतल प्रयोगमा जोड दिईने छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!