थारुहट बन्दको प्रभाव उदयपुरमा

विश्वराज तामाङ,
उदयपुर, फागुन २०


सरकारँंगको वार्ता र सम्झौता अनुसार आफ्ना माग पुरा नभएको भन्दै थारुहट थारुवान राष्ट्रिय मोर्चाले आव्हान गरेको नेपाल बन्दको प्रभाव उदयपुरमा पनि देखिएको छ ।

रेशमलाल चौधरी सहित ११ जनाको विना शर्त रिहा, संविधान संसोधन लगायत सरकारसँग भएका १४ बुदे सम्झौता कार्यान्वन नभएको भन्दै फागुन २० र २१ गतेको लागि आव्हान गरिएको बन्दको प्रभाव उदयपुरमा पनि देखिएको हो ।

बन्दका कारण सदरमुकाम गाईघाटमा शैक्षिक संस्था, कलकारखाना, बैंक तथा वित्तिय संस्था लगायत पूर्ण रुपमा बन्द रहेका छन् । बजर पसल आसिंक रुपमा खुल्ला रहेका छन्, विहानै देखि लामो दुरीका सवारी साधन संचालनमा आएका छैनन्, दुई पांग्रे र तीन पांग्रे सवारी साधनहरु छिटफुट रुपमा संचालनमा आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!