थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

सोलुखुम्बु, असार १२

शुक्रबार थप ५९३ जनामा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितमा १०७ जना महिला र ४८६ पुरुष गरि ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको जनाए ।

कुल संक्रमितमध्ये १२ सय ४९ महिला र १० हजार ५ सय ६ पुरुष गरेर ११ हजार सात सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

This image has an empty alt attribute; its file name is corona-12.jpg


शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । नेपालमा कोरोना जित्नेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । संक्रमण नेपालका ७६ जिल्लामा फैलिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!